Nagarik Sawal

२०८३ कार्तिक १९ बुधबार

२०८३ कार्तिक १९ बुधबार

मोटरसाईकल दुर्घटनामा गोरखाका एक युवकको मृत्यु


17.1K
Shares

मोटरसाईकल दुर्घटनामा गोरखाका एक युवकको मृत्यु

गोरखा ४ कात्तिक । मोटरसाईकल दुर्घटनामा गोरखाका एक युवकको मृत्यु भएको छ । पोखरा २५ फुर्केटारी चोकमा ग१६प २९१ नम्बर र बागमती प्रदेश ०२–०१६ प ७०८४ नम्बरको मोटरसाइकल एक–आपससमा ठक्कर खाएर दुर्घटना भएको हो ।

दुर्घटनामा मृत्यु हुनेमा जिल्ला गोरखा पालुङटार घर भएका वर्ष ३० का शुक्रराज श्रेष्ठ रहेका जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता श्रवणकुमार विकले जानकारी दिनुभयो । दुर्घटनामा दुईजना घाइते भएका छन्।मृतक श्रेष्ठले ग १६प २९१ नम्बरको मोटरसाइकल चालक भएको प्रहरीको भनाई छ ।

अर्को मोटरसाइकलनमा सवार दुईजना घाइते भएका छन्। बिहीबार साँझ भएको दुर्घटना परी घाइते भएका तीनजनालाई उपचारका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगिएकोमा श्रेष्ठको उपचारको क्रममा गएराति मृत्यु भएको थियो। अन्य दुईजनाको उपचार भइरहेको प्रहरीले जनाएको छ । घटनबारे प्रहरीले थप अनुसन्धान थालेको जनाएको छ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology