Nagarik Sawal

२०८३ कार्तिक १९ बुधबार

२०८३ कार्तिक १९ बुधबार

गोरखाबाट काठमाण्डौको हनुमान ढोका दरबारका लागि फूलपाती पठाइयो


5.5K
Shares

गोरखाबाट काठमाण्डौको हनुमान ढोका दरबारका लागि फूलपाती पठाइयो

गोरखा, ४ कात्तिक । गोरखा दरबार स्थित दसै ंघरबाट काठमाडौंको हनुमानढोका दरबारका लागि फूलपाती सहितको डोली पठाइएको छ । विधिपूर्वक पूजाअर्चना गरी दरवारका सुसारेले आज बिहान ८ बजेको शुभसाइतमा फूलपाती सहितको डोली हनुमान ढोका दरबार पठाएका हुन् । फूलपातीको डोली बा २ झ २१२८ नम्बरको सरकारी गाडीमा राखेर हनुमान ढोका दरबार पठाइएको गोरखा दरबारका मूलपुरोहित शारदाप्रसाद भट्टराईले जानकारी दिनुभयो ।

गोरखाबाट पठाइएको फूलपाती हनुमानढोका दरवार पु¥याइएपछि आज साँझ हर्ष बढाइका साथ हनुमान ढोका दरबारमा फूलपाती भित्र्याउने प्रचलन रहेको छ । गोरखा दरबारको दसैँ घरमा पनि आजै साँझ फूलपाती भित्र्याइन्छ । तत्कालिन गोरखाका राजा पृथ्वीनारायण शाहले काठमाण्डौको हनुमानढोका दरबारबाट राजकाज सुरु गरेदेखि वर्षेनी वडादसैँको सातौ दिन गोरखा दरबारको दसैँघरबाट फूलपाती सहितको डोली काठमाण्डौको हनुमानढोका दरबारमा पु¥याएर भित्र्याउने प्रचलन रहदै आएको उहाँले बताउनुभयो ।

गोरखा दरबारको दसैँ घरबाट फूलपातीको डोली दरवारका सुसारेहरुले बोकेर ल्याई गाडीमा राखेर हनुमान ढोका दरबार पठाइएको हो । दरबारस्थित दसै घरबाट बाजागाजा सहित ¥याली निकाली गोरखाबाट फूलपातीको बिदाई गरिएको उहाँले बताउनुभयो ।

गोरखा नगरपालिकाकी उपप्रमुख मसली माया थोकर, प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसाल, जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख प्रहरी उपरीक्षक (एसपी) अनुपम श्रेष्ठ, गोरखा नगरपालिकाका निवर्तमान मेयर राजनराज पन्त लगायतले दरबारबाट फूलपातीको बिदाई गरेर पठाउनु भएको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology