Nagarik Sawal

२०८३ कार्तिक १२ बुधबार

२०८३ कार्तिक १२ बुधबार

सुनको मूल्यमा बन्यो रेकर्ड, एक लाख १३ हजार ७०० मा कारोबार


1.7K
Shares

सुनको मूल्यमा बन्यो रेकर्ड, एक लाख १३ हजार ७०० मा कारोबार

काठमाडौं,२ कात्तिक । बिहीबार सुनको मूल्य तोलामा mymedic.es ५०० रुपैयाँले बढेर रेकर्ड कायम गरेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार आज सुनको मूल्य तोलामा एक लाख १३ हजार ७ सय रुपैयाँ कायम भएको छ ।

यो हालसम्मकै सबैभन्दा उच्च मूल्य भएको महासंघका महासचिव धर्मसुन्दर बज्राचार्यले बताए । यस अघि साउन ४ गते छापावल सुनको मूल्य एक लाख १३ जहार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, तेजावी सुनको मूल्य एक लाख १३ हजार १५० रुपैयाँ कायम हुँदा चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेर १३ सय ९५ रुपैयाँ कायम भएको छ । बुधबार एक लाख १३ हजार २ सय रुपैयाँमा छापावाल सुन, एक लाख १२ हजार ६५० रुपैयाँमा तेजावी सुन र १४ सय १० रुपैयाँ तोलामा चाँदीको खरिद बिक्री भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology