Nagarik Sawal

२०८३ कार्तिक १२ बुधबार

२०८३ कार्तिक १२ बुधबार

गण्डकी गाउँपालिका अध्यक्षकप फुटवल प्रतियोगिताको उपाधी दिर्घेश्वर र रत्नेस्वर मा.विलाई


1.8K
Shares

गण्डकी गाउँपालिका अध्यक्षकप फुटवल प्रतियोगिताको उपाधी दिर्घेश्वर र रत्नेस्वर मा.विलाई

गोरखा २८ असोज ।  गोरखाको गण्डकी गाउँपालिकामा सम्पन्न भएको प्रथम अध्यक्षकप फुटवल प्रतियोगिता ‘२०८०’ उपाधि छात्रतर्फ दिर्घेश्वर मा.वि र छात्रातर्फ रत्नेश्वर मा.विले जितेको छ । शनिबार सम्पन्न भएको प्रतियोगिताको छात्रतर्फको फाइनल खेलमा दिर्घेश्वर माविले उपाधि जितेको गाउँपालिका अध्यक्ष दीपक तिमल्सिनाले जानकारी दिनुभयो ।

छात्रतर्फको फाइनल खेलमा दिर्घेश्वर मा.विले ज्ञानमार्ग मा.विलाई ३–१ गोल अन्तरले पराजित गरेको गरेर उपाधि हात पारेको हो । खेलमा दिर्घेश्वर मा.विका अजिब गुरुङले २ गोल तथा अनिश गुरुङले १ गोल गर्नुभएको थियो । प्रतियोगितामा बिजय भवानी मा.विलाई ०–३ गोल अन्तरले हराउदै भद्रकाली मा.वि तेस्रो भएको छ ।

त्यस्तै प्रतियोगिता अन्तरगत भएको छात्रातर्फको फाइनल खेलमा रत्नेश्वर मा.विले भगवती मा.विलाई १–० गोल अन्तरले उपाधि जितेको हो । फाइनल खेलमा उपाधि रक्षाका लागि रत्नेश्वर मा.विका अमृता बि.कले फ्रिकिक मार्फत गोल गर्नुभएको थियो । त्यस्तै ज्ञानमार्ग मा.विलाई ०–१ गोल अन्तरले हराउदै भैरव आश्रम मा.वि छात्रा तर्फको फुटवल प्रतियोगितमा तेस्रो भएको छ ।

प्रतियोगितामा उपाधि विजेता छात्र तथा छात्राको दुवै टिमले नगद ३०÷३० हजार रुपैया सहित मेडल र प्रमाणपत्र प्रदान गरिएको अध्यक्ष तिमल्सिनाले जानकारी दिनुभयो । दोस्रो हुने टिमलाई नगद १५ हजार रुपैया सहित ट्रफी मेडल र प्रमाण पत्र प्रदान गरिएको उहाँले बताउनुभयो । प्रतियोगितामा तेस्रो हुने टिमले नगद ७ रुपैया हजारसहित ट्रफी मेडल र प्रमाणपत्र प्रदान गरिएको अध्यक्ष तिमल्सिनाले जानकारी दिनुभयो ।

पालिका भित्र खेलकुद क्षेत्रका विकास गर्दै खेलाडीहरु उत्पादनमा सहयोग पु¥याउने उद्देस्य सहित गाउँपालिकाले प्रतियोगिताको आयोजना गरेको हो ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology