Nagarik Sawal

२०८३ कार्तिक १८ मंगलबार

२०८३ कार्तिक १८ मंगलबार

जनतामा देखिएको निरासा चिर्नुपर्ने नेपाली काग्रेसको अहिलेको मुख्य कार्यभार : महमन्त्री थापा


2.4K
Shares

जनतामा देखिएको निरासा चिर्नुपर्ने नेपाली काग्रेसको अहिलेको मुख्य कार्यभार : महमन्त्री थापा

गोरखा, २७ असोज । नेपाली काग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली जनतामा देखिएको निरासा चिर्नुपर्ने नेपाली काग्रेसको अहिलेको मुख्य कार्यभार रहेको बताउनुभएको छ ।

काँग्रेस गोरखाको दोस्रो जिल्ला सम्मेलनको उद्घाटन कार्यक्रमलाई आज सदरमुकाममा सम्बोधन गर्नुहुदै उहाँले पछिल्लो समय जनतामा गुम्दै गएको आत्माविश्वास फर्काउनका लागि काँग्रेस लाग्नुपर्ने बताउनुभयो । काँग्रेसले जहिलेपनि देशको हितलाई सर्वाधिक ठानेर काम गर्दै आएको भन्दै उहाँले अहिलेपनि देशको हितलाई सर्वस्व ठानेर काम गर्नुपर्ने उहाँले बताउनुभयो । उहाँले अहिले नागरिकहरुमा सवैभन्दा ठूलो निरासा देखिएकाले त्यसलाई चिर्ने काम काग्रेसबाट हुनेपर्ने बताउनुभयो ।

महामन्त्री थापाले अहिलेको सत्तारुढ गठबन्धन दुईचार जना नेताहरुको प्राइभेट क्बल जस्तो भएको आरोप समेत लगाउनुभयो । गठबन्धनमा छलफल हुँदा दुईचार जना नेता बिचमात्र हुने गरेको भन्दै उहाँले त्यसलाई गठबन्धन दल भन्न नमिल्ने बताउनुभएको हो । ‘‘गठबन्धन पनि दुईचार नेताहरुको प्राइभेट क्लब जस्तो बनेको छ, महामन्त्री थापाले भन्नुभयो, ‘म काँग्रेसको महामन्त्री छु बेलाबेलामा गठबन्धन दलको बैठक बस्यो भन्ने सुन्छु त्यो गठबन्धन दलको बैठक बसेको होइन, गठबन्धन दलका नेताहरुको बैठक मात्र हो ।’’

नेपालको मुख्य राजनीतिक दलका मुख्य नेता नेपालको मुख्य पदमा २०÷२५ बर्षदेखि दुईचार जनामात्रै आलोपालो पार्टीको नेतृत्व र सत्ताको नेतृत्वमा पुग्ने गरेको महामन्त्री थापाकोे भनाई छ ।

काग्रेसलाई कहिले एमाले खेलाइदिने कहिले माओवादीले खेलाइदिने हुँदाहुँदा राप्रापाले समेत खेलाइदिने अवस्थामा पुगेको भन्दै काग्रेसलाई रुपान्तरण गर्नु अनिवार्य रहेको उहाँले उल्लेख गर्नुभयो । महामन्त्री थापाले अव आउने कुनै पनि प्रकारको चुनावमा काँग्रेसले कसैसंग चुनावअघि गठबन्धन नगर्ने समेत बताउनुुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology