Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

शहिद लखन गाउँपालिकामा जीप दुर्घटनामा ज्यान गुमाएका व्यक्तिका परिवारलाई बीमा बापतको २० लाख दिइने


4.3K
Shares

शहिद लखन गाउँपालिकामा जीप दुर्घटनामा ज्यान गुमाएका व्यक्तिका परिवारलाई बीमा बापतको २० लाख दिइने

गोरखा, २६ असोज । गोरखाको शहिद लखन गाउँपालिका–३ को कोटेगाँउमा गएको असारमा भएको जीप दुर्घटनामा ज्यान गुमाएका व्यक्तिका परिवारलाई भुक्तानी गर्ने गरी २० लाख रुपैयाको चेक हस्तान्तरण भएको छ ।

शिखर ईन्स्योरेन्सले जिल्ला प्रशासन कार्यालय गोरखालाई उक्त रकमको चेक हस्तान्तरण गरेको आँबुखैरेनी शाखाका प्रबन्धक ईमान सिं बानियाँले जानकारी दिनुभयो । असार ८ गते पातले खोलामा दुलही लिएर फर्कदै गरेको जिप दुर्घटना हुँदा ५ जनाको घटनास्थलमै मृत्यु भएको थियो ।

दुर्घटनामा प्रदेश ३–०१–०२३ च २४२७ नम्बरको योद्वा जिप दुर्घटना हुँदा स्थानीयबासी निरज थापा, प्रविण भनिने रोहित थापा, विरबहादुर थापा, नविना थापा र थानबहादुर थापाको मृत्यु भएको थियो । दुर्घटनामा ज्यान गुमाएका व्यक्तिको परिवारलाई उपलब्ध गराउन कम्पनीले प्रसासनलाई चेक उपलब्ध गराएको हो ।

प्रबन्धक बानियाँका अनुसार राष्ट्रिय बाणिज्य बैंक लिमिटेड सिप्रदी हायर पर्चेज प्रा.लि.को नाममा रहेको उक्त सवारी दुर्घटना हुँदा नियमानुसार पाउनु पर्ने रकम प्रशासनको नाममा चेक हस्तान्तरण गरिएको जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology