Nagarik Sawal

२०८३ कार्तिक १८ मंगलबार

२०८३ कार्तिक १८ मंगलबार

गुडिरहेको बसमा ढुङ्गा प्रहार गर्ने ९ जना पक्राउ


3.2K
Shares

गुडिरहेको बसमा ढुङ्गा प्रहार गर्ने ९ जना पक्राउ

सुर्खेत, २५ असोज ।  गुडिरहेको बसमा ढुङ्गा हान्ने ९ जनालाई प्रहरीले पक्राउ गरेको छ । बुधवार साँझ रुकुमपश्चिमको झुल्नेटाबाट दाङतर्फ जाँदै गरेको ना ३ ख ९७६४ नम्बरको बसमा सिद्धकुमाख गाउँपालिका–१ बेलौतीघारीमा ढुङ्गा प्रहार गरि चालकमाथि हातपात गर्ने ९ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सल्यान शारदा नगरपालिका १४ का २३ वर्षीय प्रदिप रावत, वर्ष २२ का प्रवीण भण्डारी, वर्ष २२ का सुशील कुँवर, वर्ष १८ का गणेश कवर, २१ का अजय कुँवर, २२ का दिपक रावत, २० का सन्दिप भण्डारी, २२ का दिपक रावत र शारदा नगरपालिका–७ का वर्ष २२ का दिपक बस्नेत रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका डिएसपी एवम् प्रहरी नायव उपरीक्षक नवीन कार्कीले जानकारी दिनुभयो।

उनीहरुले समूहमा आएर चलिरहेको बसमा ढुङ्गा हान्नुका साथै चालकमाथि हातपात समेत गरेको प्रहरीको भनाइ छ । गाडीको दुबै तर्फको सिसा फुटेको र चालकको मुखमा चोट लागेको प्रहरीले बताएको छ । डीएसपी कार्कीका अनुसार पक्राउ परेका सबैलाई जिल्ला प्रहरी कार्यालय सल्यानको हिरासत कक्षमा राखेर थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology