Nagarik Sawal

२०८३ कार्तिक १९ बुधबार

२०८३ कार्तिक १९ बुधबार

बारपाक–लाप्राक सडकखण्ड झण्डै तीन महिनादेखि अबरुद्ध


1.5K
Shares

बारपाक–लाप्राक सडकखण्ड झण्डै तीन महिनादेखि अबरुद्ध

गोरखा, २३ असोज । पर्यटकिय गन्तव्यको रुपमा चिनिने गोरखाको बारपाक र लाप्राक जोड्ने बारपाक–लाप्राक सडकखण्ड झण्डै तीन महिनादेखि अबरुद्ध भएको छ । बर्षा सुरु भएदेखि नै पहिराले अबरुद्ध भएको सडक अझैसम्म पनि सुचारु हुन नसकेको हो । सडक अबरुद्ध हुँदा लाप्राकमा दैनिक उपभोग्य सामग्री पु¥याउन समेत कठिनाइ भएको स्थानीयबासीहरुले बताएका छन् ।

‘‘सडकमा गाडी चल्न नसकेको तीन महिना भइसक्दा पनि अझै अबरुद्ध सडक खुलाउने सुरसार देखिदैन, लाप्राकका स्थानीयबासी विरबल गुरुङले भन्नुभयो, ‘‘चाडवाडका बेलामा समेत भारी बोकेर खाद्य सामग्री लैजानु पर्ने बाध्यता लाप्राकबासीको छ ।’’ उहाँले अबरुद्ध सडक मर्मत सम्हारका लागि गाउँपालिकाले समेत आवश्यक पहल नगरेको गुनासो गर्नभयो ।

बारपाक–लाप्राक सडकखण्ड २०७७ जेठ ९ गते ठेक्का सम्झौता गरी सडक स्तरोन्नतीको काम सुरु भएको थियो । ठेक्का सम्झौता भएको झण्डै ४१ महिना भइसक्दा समेत स्तरोन्नतीको काम सम्पन्न हुन सकेको छैन । पूर्वाधार बिकास कार्यालय गोरखाले २०७९ जेठसम्ममा सडक स्तरोन्नतीको काम सम्पन्न गर्ने गरि शर्मा÷विक्वी जेभीसंग ठेक्का सम्झौता गरेको थियो ।

कार्यालयले ठेकेदार कम्पनीसंग ३४ करोड १५ लाख ७१ हजार १ सय ९८ रुपैयामा ठेक्का सम्झौता गरेको थियो । उक्त सडकको भौतिक प्रगती अहिलेसम्म ५२ प्रतिसत मात्र रहेको कार्यालयका प्रमुख गणेश सुवेदीले जानकारी दिनुभयो । कार्यालयले १३.१४ किलोमिटर दुुरिको वारपाक–लाप्राक सडक ग्राभेल गर्ने गरी ठेक्का सम्झौता गरिएको हो ।

तोकिएको समयमा काम सम्पन्न गर्न नसक्ने भएपछि कार्यालयले गएको जेठ २२ गते भित्रका काम सम्पन्न गर्ने म्याद थप गरेको थियो । थपिएको म्याद सकिएको ४ महिना भइसक्दा पनि सडक स्तरोन्नतीको काम भने अझै अलपत्र रहेको छ । ठेकेदार कम्पनीले सुस्त गतिमा काम गरेका कारण सम्झौता अवधी भित्र काम सम्पन्न हुन नसकेको प्रमुख सुवेदीले बताउनुभयो ।

सम्झौता अनुसार ठेकेदार कम्पनीले सडक ग्राबेल गर्ने, चौडा बढाउने, ग्रेडिङ मिलाउने, नाला बनाउने लगायतको जिम्मेवारी पाएको छ । दुर्गम ठाउँ भएको, चिसोको समयमा हिउँ पर्ने, वर्षातका बेला निर्माण सामग्री लैजान समस्या हुने कारण देखाएर ठेकेदार कम्पनीले काम ढिलाई हुँदै आएको दावी गरेको छ ।

समयमै सडक स्तरोन्नति नहुदाँ लाप्राक, गुम्दासम्म खाद्यान्न पु¥याउन, बिरामी ल्याउन लैजान कठिनाई भोग्नु परेको छ । आवासिय नेपाली संघ (एनआरएनए) ले गुप्सीपाखमा निर्माण गरेको सुन्दर एकिकृत नुमनाबस्ती हेर्न पुग्ने आन्तरिक तथा बाह्य पर्यटकहरु समेत सडक यात्र सहज नहुदा बारपाकबाटै फर्कने गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology