काठमाडौ, २३ असोज । काठमाडौंको सुन्धारास्थित एक होटलमा युवती मृत फेला परेकी छन्। काठमाडौं महानगरपालिका वडा नम्बर ११ सुन्धारास्थित श्री गुरू गेष्ट हाउसमा युवती मृत फेला परेको प्रहरीले जनाएको छ ।
ललितपुर इमाडोलकी २० वर्षीया भूमिका राउत सोमबार मृत फेला परेको प्रहरीको भनाइ छ । उनी उक्त होटलमा गत असोज ८ गतेदेखि बस्दै आएकी थिइन् । प्रहरी वृत्त जनसेवाले घटनाको थप अनुसन्धान अघि बढाएको छ ।