Nagarik Sawal

२०८३ कार्तिक १९ बुधबार

२०८३ कार्तिक १९ बुधबार

गोरखामा बैकिङ्ग कसुरका एक फरार प्रतिवादीलाई प्रहरीले पक्राउ


6.4K
Shares

गोरखामा बैकिङ्ग कसुरका एक फरार प्रतिवादीलाई प्रहरीले पक्राउ

गोरखा, २२ असोज । गोरखामा बैकिङ्ग कसुरका एक फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको भिमसेन थापा गाउँपालिका–६ अश्राङ घर भएका ४२ बर्षका नारायण परिवारलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रमेशकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

पक्राउ परेको परियारले गोरखा नगरपालिका–५ पस्लाङ स्वाँराका सोहन रोक्कासंग बैंकिङ कसुर गरेको उहाँले बताउनुभयो । ‘‘परियारले रोक्कालाई खातामा रकम नभएको ५ लाख ८५ हजारको चेक दिएर पनि पटक–पटक सटही नभएपछि चेक बाउन्स गरेर प्रहरीमा उजुरी दिनुभएको थियो, उहाँले भन्नुभयो, ‘प्रहरीले खोजी गर्ने क्रममा उनलाई पक्राउ गरिएको हो ।’’

परियारले रोक्कालाई रकम नभएको मक्तिनाथ बिकास बैंक लिमिटेडको चेक दिएका थिए । खातामा पर्याप्त रकम नभएको जानकारी हँुदा हुदैँ पनि चेक दिएपछि उनलाई पिडितले दिएको उजुरीको आधारमा बैंकिङ कसुरमा पक्राउ गरेको उहाँले बताउनुभयो ।

परियारलाई घरबाटै नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । पक्राउ परेका परियारलाइ आज गोरखा जिल्ला अदालतबाट म्याद थप गरी प्रहरीको हिरासतमा राखेर अनुसन्धान थालिएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology