Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

घरैमा सामाजिक सुरक्षा भत्ता पाएपछि बारपाक सुलिकोट गाउँपालिकाका जेष्ठ नागरिकहरु खुशी


2.8K
Shares

घरैमा सामाजिक सुरक्षा भत्ता पाएपछि बारपाक सुलिकोट गाउँपालिकाका जेष्ठ नागरिकहरु खुशी

गोरखा, २२ असोज । दशैको मुखमा घरैमा सामाजिक सुरक्षा भत्ता पाएपछि बारपाक सुलिकोट गाउँपालिकाका जेष्ठ नागरिकहरु खुशी भएका छन् । गाउँपालिकाले टोलटोलमा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्न सुरु गरेपछि लाभग्राही खुशी भएका हुन् । ‘‘पहिले त बृद्धा भत्ता लिनका लागि बैंकसम्म धाएर पुग्नुपथ्र्यो, जेष्ठ नागरिक राममाया गुरुङ्गले भन्नुभयो, ‘‘अहिले घरै नजिकको टोल टोलमा आएर बाड्न थालेपछि सजिलो भएको छ ।’’

उहाँले भत्ता बुझ्नका लागि बैंकसम्म जान र आउन आफुहरुले धेरै हैरानी खेपेको बताउनुभयो । ‘‘बैंकमा गएर लाइन बस्नुपर्दा पनि साह्रै नै गाह्रो हुन्थ्यो, गुरुङ्गले भन्नुभयो,‘गाडी भाडा खर्च उस्तै हुने, झण्झट पनि त्यस्तै हुन्थ्यो, आजभोली त बैंकका मान्छेहरु नै टोलटोलमा आएर बाड्छ कति सजिलो भएको छ कति ।’’

गाउँपालिकाले चाडबाड मनाउनका लागि सजिलो होस् भन्ने उद्देस्य सहित चालु आर्थिक बर्षको पहिलो चौमासिक अन्तरगतका सामजिका सुरक्षा भत्ता प्राप्त गर्ने जेष्ठ नागरिक, असहाय तथा अपांगता भएका व्यक्तिहश्र, एक महिला लगायतका लाभग्राहीलाई वडावडामा पुगेर भत्ता वितरण गर्न सुरु गरेको गाउँपालिकाका अध्यक्ष बिष्णुप्रसाद भट्टले जानकारी दिनुभयो ।

र्बैक तथा गाउँपालिकाका कर्मचारीहरु सहितको टोलीले आइतबार गाउँपालिकाको वडा नम्बर ४ स्थित रन्चोक, सिम्बु र बर्दी डाँडामा सामाजिक सुरक्षा भत्ता वितरण गरेको उहाँले बताउनुभयो । २१ गते आइतवारदेखि सुरु गरिएको सामाजिक सुरक्षा भत्ता वितरणको काम यहीँ असोज २६ गतेसम्म चल्ने गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाले वडा भित्र पाएक पर्ने स्थानमा केन्द्र बनाएर सामाजिक सुरक्षा भत्ता वितरणको गर्न सुरु गरेको अध्यक्ष भट्टले बताउनुभयो । सामाजिक सुरक्षा भत्ताका लागि असाहय तथा जेष्ठ नागरिकहरु बैंकसम्म पुग्न हैरानी खेप्नु परेको भन्दै गाउँपालिकाले बैंकसंग समन्वय गरी वडा र टोलटोलमा पुगेर सामजिक सुरक्षा भत्ता वितरण गर्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology