गोरखा, २१ असोज । हमासले गरेको आक्रमणमा परी इजरायलमा गोरखाका एक जना घाइते भएका छन् । आक्रमणमा परी १० जना नेपाली विद्यार्थीको मृत्यु भएको पुष्टी भएको छ । तेल अभिभस्थित इजरायलका लागि नेपाली राजदूत कान्ता रिजालले हमासको आक्रमणमा परी १० जना नेपालीहरुको हुनुका साथै ६ जना घाइते भएको पुष्टी गर्नुभयो ।
आक्रमणमा परी घाइते भएका गोरखा नगरपालिका ८ का गोरखाका हिमान्चल कट्टेलको अस्पतालमा उपचार भइरहेको छ । उहाँको अवस्था खतरामुक्त रहेको दुतावासले जनाएको छ ।उनिहरु सुतिरहेका स्थानमा बम खसेपछि त्यहाँ रहेको बताइएको छ ।
मृत्यु हुनेमा मृत्यु हुनेमा कैलाली घोडाघोडी ४ का नारायण प्रसाद न्यौपाने, बझाङ जय पृथ्वी ६ का गणेश कुमार नेपाली, कैलाली बाउनिया ३ का आशिष चौधरी, दार्चुला लेकम ५ का दिपेश राज विष्ट, धनुषा सपही ६ का आनन्द शाह, सुनसरी मधुवनका राजेश कुमार सर्वांकर, डोटी पचनाली ३ का राजन फुलरा, लामिखाल ८ का पदम थापा, सल्यान शारदा ३ का प्रवेश भण्डारी र दार्चुलाका लोकेन्द्र सिंह धामी रहेका दूतावासले जनाएको छ ।
त्यस्तै, ६ जना घाइते भएर उपचाररत छन् । एक जना भने सम्पर्कमा नरहेको दुतावासले जनाएको छ ।
