Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

अफगानिस्तानमा भूकम्पमा परेर मृत्यु हुनेको संख्या एक हजारभन्दा बढी पुग्यो


1.4K
Shares

अफगानिस्तानमा भूकम्पमा परेर मृत्यु हुनेको संख्या एक हजारभन्दा बढी पुग्यो

एजेन्सी, २१ असोज । पश्चिमी अफगानिस्तानमा गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या आइतबार ह्वात्तै बढेर एक हजारभन्दा बढी पुगेको छ । शनिबार गएको ६।३ म्याग्नीच्यूडको भूकम्पको केन्द्रविन्दु प्रान्तीय राजधानी हेरातबाट ३० किलोमिटर उत्तरपश्चिममा रहेको दुर्गम क्षेत्रमा परेको थियो ।

‘दुर्भाग्यवश, हताहतको सङ्ख्या व्यावहारिक रूपमा धेरै देखिएको छ,’ सरकारका उपप्रवक्ता बिलाल करिमीले आइतबार भने, ‘मृत्यु हुनेको सङ्ख्या एक हजारभन्दा बढी छ । उद्धारको धेरै प्रयासहरू भइरहेका छन् । आइतबार प्राप्त आँकडाले हताहत हुनेको संख्या यो भन्दा निकै धेरै पुग्ने अनुमान गरिएको छ ।’

जिन्दाजान जिल्लाको सर्बोल्याण्ड गाउँमा शनिबार रात परेपछि एएफपीका एक संवाददाताले भूकम्पको केन्द्रविन्दु नजिकै दर्जनौँ घरहरू भत्किएको पुष्टि गरे । विश्व स्वास्थ्य संगठन डब्लुएचओका अनुसार हेरात प्रान्तका कम्तीमा १२ गाउँका ६०० भन्दा बढी घर पूर्ण वा आंशिक रूपमा क्षतिग्रस्त भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology