गोरखा, १९ असोज । गोरखामा भोली शनिवार बिद्युत आपुर्ति बन्द हुने भएको छ । आँबुखैरनी—गोरखा खण्डमा सप्लाई भएको ३३ के. भि. फिडर अन्तरर्गतको बिद्युत लाईन मुनीको रुख कटान गर्नुपर्ने भए पछि ११ घण्टाका लागी बिद्युत आपुर्ति बन्द हुने गोरखा बितरण शाखाले जनाएको छ ।
शाखाले आज एक सूचना जारी गर्दै भोली शनिबार बिहान ८ बजे देखी साँझ ५ बजे सम्मका लागी सदरमुकामबाट बितरण हुने सबै बिद्युत सेवा अबरुद्घ हुने जनाएको हो ।
शाखाले विद्युत सप्लाई अवरुद्ध हुने स्थानहरु गोरखा नगरपालिकाको सवै भाग, पालुङ्गटार नगरपालिकाको खोप्लाङ्ग, मिरकोट लगायतका केही स्थानहरु, भिमसेन गाउँपालिको सवै भाग, सिनानचोक गाउपालिकाको छोप्राक, मिरकोट लगायतका केही स्थानहरु, सहिदलखन गाउँपालिकाको सबै भाग, वारपाक सुलिकोट गाउँपालिकाकोको पन्द्रुङ्ग, पांचकुवा देउराली, ताकुकोट, तामालाकोट लगायतका स्थानहरुमा बिद्युत आपुर्तिमा बाधा हुने शाखाले जनाएको छ ।
शाखाले तोकिएको समय भन्दा अगावै काम सम्पन्न भएको खण्डमा तत्कालै लाईन सुचारु गर्ने पनि नेपाल बिद्युत प्राधिकरण गोरखा बितरण केन्द्रले जनाएको छ ।