धादिङ १७ असोज । बसको ठक्करबाट आज बिहान दुई जना स्कुले विद्यार्थीको मृत्यु भएको छ । पृथ्वी राजमार्ग अन्तरगत धादिङको गजुरी गाउँपालिका वडा नम्बर २ फुर्केखोलामा ट्रकले ठक्कर दिँदा २ जना विद्यार्थीको मृत्यु भएको हो ।
काठमाडौँबाट मुग्लिनतर्फ जाँदै गरेको प्रदेश ०२–००१ख ६४१३ नम्बरको ट्रकले सडकछेउमा ठक्कर दिँदा दुई वागेश्वरी मावि मलेखुमा कक्षा ८ ८ मा अध्ययनरत सिद्धलेक गाउँपालिका वडा नम्बर ६ का १४ वर्षीय निर्मल श्रेष्ठ र १४ वर्षीय सञ्जीव श्रेष्ठ भएको हो ।
मृतक दुवैजनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक सूचना अधिकारी सन्तुलाल प्रसाद जैसवारले जानकारी दिनुभयो । उनिहरु विद्यालयमा विहान कोचिङ पढ्न हिडेका थिए ।