Nagarik Sawal

२०८३ कार्तिक १४ शुक्रबार

२०८३ कार्तिक १४ शुक्रबार

विभिन्न ६ बुदेँ माग गर्दै गोरखाका प्रमुख जिल्ला अधिकारीलाई युवा संगठनको ध्यानाकर्षण


3K
Shares

विभिन्न ६ बुदेँ माग गर्दै गोरखाका प्रमुख जिल्ला अधिकारीलाई युवा संगठनको ध्यानाकर्षण

गोरखा, १५ असोज । विप्लप नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी माओवादीको भातृसंगठन युवा संगठन नेपाल जिल्ला समिति गोरखाले जनजिविका र भ्रष्टाचारका बिरुद्धमा बिभिन्न ६ बुदेँ माग सहित आज प्रमुख जिल्ला अधिकारीको ध्यानकर्षण गराएको छ । संगठनले जिल्ला प्रसासन कार्यालय गोरखामा पुगेर प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसाललाई जनजिविका, जनअधिकारका साथै भ्रष्टाचार, कालोबजारी, महंगी रोक्न, सार्वजनिक सवारी भाडादर सामायोजन गर्न माग गर्दै ध्यानाकर्षण पत्र बुझाएको हो ।

पछिलो समयमा मौलाउदै गएको महंगी, कालोबजारी, अखाद्य वस्तुको विक्रीवितरण र कृतिम अभावले चरम सिमा नाग्दै गएको भन्दै संगठनले बुझाएको ध्यानकर्षण पत्रमा बजारमा खाद्यबस्तु लुकाई कृतिम अभाव सृजना गरिएको र राज्यद्वारा निर्धारित गरिएको मुनाफा २०% भन्दा कैयौं गुणा मुनाफा लिएर चरम कालोबजारी भइरहेको उल्लेख गरिएको छ ।

यस्ता व्यथिति गर्नेहरुलाई नियन्त्रण र कार्बाही गरी जनतालाई सहज वातावरण सृजना गर्न पनि संगठनले माग गरेको छ । त्यस्तै स्थानीय तह भित्र हुने संस्थागत तथा व्यक्तिगत भ्रष्टाचार, कमिसन वा कुनै पनि प्रकारले राज्यका सम्पतीहरुको दोहन गर्ने कार्यहरुलाई नियन्त्रण गर्नु र कार्बाहिको दायरामा ल्याउनु प्रसासनको मुख्य दायित्व रहेको भन्दै ध्यानाकर्षण पत्रमा सुशासन तथा जनताको आधारभूत समस्याहरुको समाधान गर्न जोडदार माग गरिएको छं ।

संगठनका जिल्ला संयोजक राजकुमार सीको नेतृत्वमा प्रमुख जिल्ला भुसाललाई ध्यानकर्षण पत्र बुझाइएको पार्टीका जिल्ला इन्चार्ज कपिल सीले जानकारी दिनुभभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology