Nagarik Sawal

२०८३ कार्तिक १८ मंगलबार

२०८३ कार्तिक १८ मंगलबार

प्रधानमन्त्री प्रचण्डले गरे कैलाश पर्वतको भ्रमण


2.3K
Shares

प्रधानमन्त्री प्रचण्डले गरे कैलाश पर्वतको भ्रमण

काठमाडौँ,११ असोज । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चीनको स्वशासित क्षेत्र तिब्बतमा पर्ने कैलाश पर्वत र मानसरोवरको दर्शन गर्नुभएको छ ।

चीनको औपचारिक भ्रमणमा रहेका उनी आज ल्हासास्थित गंगा विमानस्थलबाट तिब्बत एयरलाइन्सबाट कैलाश पर्वतका लागि उडेका थिए । प्रधानमन्त्री दाहाल बुधबार चीनको बेइजिङबाट तिब्बत आएका थिए । उनीसँगै रहेका भ्रमण दलका सदस्य पनि कैलाश पर्वत पुगेका छन् ।

ल्हासामा रहँदा उनले द्विपक्षीय भेटघाट गर्नुका साथै त्यहाँको पोतला दरबार र ऐतिहासिक मन्दिरको अवलोकन गरेका थिए । प्रधानमन्त्री दाहाल गत शनिबारदेखि चीनको औपचारिक भ्रमणमा रहेका छन् । उनी शनिबार चीनको छेन्दुबाट काठमाडौं फर्कने कार्यतालिका छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology