Nagarik Sawal

२०८३ कार्तिक १९ बुधबार

२०८३ कार्तिक १९ बुधबार

गोरखाको गण्डकी गाउँपालिकामा बिपन्न महिलाहरुलाई व्यवसायिक च्याउ खेती सम्बन्धी तालिम सुरु


3.2K
Shares

गोरखाको गण्डकी गाउँपालिकामा बिपन्न महिलाहरुलाई व्यवसायिक च्याउ खेती सम्बन्धी तालिम सुरु

गोरखा,११ असोज । गोरखाको गण्डकी गाउँपालिकामा बिपन्न महिलाहरुको आयआर्जन बृद्धिका लागि व्यवसायिक च्याउ खेती सम्बन्ध तालिम प्रदान गर्न सुरु गरिएको छ ।

युएसएआईडी स्थानीय कार्यः गोरखा र चितवन कार्यक्रम अन्तरगत युएसएआईडीको आर्थिक सहयोग र गाउँपालिकाको समन्वयमा नेपाल दलित महिला उत्थान संघ (एड्वान) को आयोजनामा तालिम सुरु भएको हो । गण्डकी गाउँपालिका वडा नम्बर ५ स्थित डेढेमा सुरु भएको तालिममा नुमना कोसिस महिला कृषक समुहका २१ जनाको सहभागिता रहेको परियोजनाको फिल्ड संयोजक कमल बसेलले जानकारी दिनुभयो । स्थानीय बिपन्न कृषक महिलाहरुको समुह गठन गरी आर्थिक आयआर्जन बृद्धिका लागि टेवा पु¥याउने उद्देस्यले एड्वानले तालिम सञ्चालन गरेको उहाँले बताउनुभयो ।

सहभागी महिला कृषकहरुलाई कृषि प्राविधिक दिपेन्द्र बिष्ट र निरमाया थापाले च्याउ खेती सम्बन्धी तालिम प्रदान गर्ने वसेलले जानकारी दिनुभयो । बुधबारदेखि सुरु भएको तालिम ७ दिनसम्म सञ्चालन हुने परियोजनाले जनाएको छ । ‘परियोजना अन्तरगत आर्थिक र सामाजिक रुपमा विपन्न महिलाहरुको समुह निर्माण गरी वडा कार्यालयको समन्वयमा समुह गठन गरिएको छ, उहाँले भन्नुभयो, ‘वडा कार्यालयले सुझाव दिएको ठाउँमा तालिम सञ्चालन गरिएको हो ।’

वडा नम्बर ५ दर्वुङमा परियोजना अन्र्तगत दुई वटा समुह गठन गरि कार्यक्रम सञ्चालन गरिएको संयोजक वसेलले बताउनुभयो । एड्वानका अध्यक्ष विन्दु थापा (परियार) को अध्यक्षतामा भएको तालिमको उद्घाटन कार्यक्रममा वडा नम्बर ५ का वडाध्यक्ष पहलमान वयलकोटी, गाउँपालिका पशुशाखाका प्राविधिक नविनप्रसाद उपाध्याय, परियोजनाका सामाजिक परिचालक सिर्जना बि.क लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology