Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

माओवादी केन्द्र गोरखाको समिक्षा : पार्टी रुपान्तरण अभियानबाट जनतामा आशा कायकर्तामा उत्साह


3.8K
Shares

माओवादी केन्द्र गोरखाको समिक्षा : पार्टी रुपान्तरण अभियानबाट जनतामा आशा कायकर्तामा उत्साह

गोरखा, ९ असोज । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) गोरखाले जिल्लामा जारी जनतासंग माओवादी विशेष रुपान्तरण अभियान प्रभावकारी बन्दै गएको निस्कर्ष निकालेको छ । भदौ १६ गतेदेखि जिल्ला भित्रका ९४ वटै वडामा एकैपटक सुरु भएको अभियानको समिक्षा गर्न मंगलबार वसेको जिल्ला भित्र कार्यक्षेत्र रहेका पार्टीका केन्द्रीय सदस्य, प्रदेश सदस्य तथा पालिका अध्यक्षहरुको बैठकमा अभियानले जनतामा आशा र कार्यकर्तामा उत्साह थपिएको पाइएको निस्कर्ष निकालिएको हो ।

बैठकमा जिल्ला भित्रका ९ वटा पालिकाका इन्चार्जहरुले अभियानको समिक्षात्मक रिर्पोट प्रस्तुत गरेका थिए । त्यस्तै धार्चे र चुमनुब्री गाउँपालिका इन्चार्ज मेखबहादुर भण्डारीले अभियानको लिखित प्रतिवेदन पठाउनु भएको र उक्त समिक्षा रिर्पोट बैठकमा प्रस्तुत गरिएको थियो । बैठकमा रिर्पोट राख्ने सवै पालिका इन्चार्जहरुले अभियान प्रभावकारी बन्दै गएको र पाटी सुदृढिकरणका लागि जनताबाट रचनात्मक र गहन सुझावहरु प्राप्त भएको रिर्पोट प्रस्तुत गरेका छन् ।

समिक्षा बैठकमा पार्टीका जिल्ला इन्चार्ज दिपक कोइराला (रुपक) ले पार्टी केन्द्रको निर्देशन अनुसार तीन महिने अभियानलाई अझै प्रभावकारी ढंगले कार्यान्वयन गरेर लैजानु पर्नेमा जोडदिनुभयो । अभियानका क्रममा जनताको घरघरमा पुगेर पार्टी प्रतिको जनताको बुझाई, कमीकमजोरीको आलोचना र सुदृढिकरणका लागि जनताले दिएको सुझावहरुले माओवादी केन्द्रलाई नयाँ उचाइमा बताउनुभयो ।

जिल्ला इन्चार्ज कोइरालाले यो अभियाना पार्टीको नेतृत्वमा रहेका सरकारहरुले गरेका राम्रा कामहरु जनता माझ पु¥याउने एउटा अवसर पनि भएको बताउनुभयो । माओवादी नेतृत्वमा रहेका स्थानीय सरकार, प्रदेश सरकार वा केन्द्र सरकार जसले गरेको भएपनि पार्टीको नेतृत्वमा रहेका सरकारले गरेका राम्रा कामहरु जनतालाई बुझाएपछि जनताको पार्टी प्रतिको बुझाइमा समेत सकारात्मक धारणा बन्दै गएको उहाँको भनाई छ ।

बैठकमा पालुङ्गटार नगरपालिकाकी इन्चार्ज कमल नहर्की, भीमसेन थापा गाँउपालिकाका इन्चार्ज लोकप्रसाद बन्जरा (अक्कल), अजिरकोट तथा सिरानचोक गाउँपालिकाका इन्चार्ज दिपक देवकोटा, गण्डकी गाउँपालिकाका इन्चार्जसमुन देवकोटा, बारपाक सुलिकोट गाउँपालिकाका इन्चार्ज बिष्णुप्रसाद भट्ट, सहिद लखन गाउँपालिकाका इन्चार्ज उर्मिला माँझी, आरुघाट गाउँपालिकाका इन्चार्ज स्थिरप्रसाद खनालले अभियान सञ्चालनमा भएका गतिविधिको रिर्पोटिङ गर्नुभएको थियो ।

त्यस्तै बैठकमा प्रदेश समितिका सदस्य तथा गोरखा जिल्ला पार्टीका संयोजक दिपक तिमल्सिना (साकार), प्रदेश समितिका सदस्यहरु धामी बराम, दिलबहादुर सेन्चुरी, धुब्र भट्ट, अकुर तिमल्सिना (आयाम), राजकुमार कोइराला, शारदा ढकाल, भीमसेन थापा गाउँपार्टी समितिका अध्यक्ष विनोद पाण्डे, बारपाक सुलिकोट गाउँपालिका पार्टी समितिका अध्यक्ष नरबहादुर गुरुङ धार्चे गाउँपालिका पार्टी समितिका अध्यक्ष सूर्यबहादुर गुरुङ लगायतले धारण व्यक्त गर्नुभएको पार्टीका जिल्ला इन्चार्ज कोइरालाले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology