Nagarik Sawal

२०८३ कार्तिक १९ बुधबार

२०८३ कार्तिक १९ बुधबार

गोरखामा महिलालाई अभद्र व्यवहार गर्ने २ जना महिला पक्राउ


4.6K
Shares

गोरखामा महिलालाई अभद्र व्यवहार गर्ने २ जना महिला पक्राउ

गोरखा, ५ असोज । गोरखा गनरपालिका–९ ठिगुरेश्वारी १८ बर्षिया रश्मिता पाण्डे र गोरखा नगरपालिका–११ बस्ने ३५ बर्षिया मिना अर्याल भएको गोरखा प्रहरीले पुष्टी गरेको छ ।

प्राप्त जानकारी अनुसार पक्राउ परेका ति महिलाहरुले गोरखा नगरपालिका–९ ठिगुरेश्वारा बस्ने ४० बर्षिया मिना पाण्डेलाई असोज १ गते गाली गलौज तथा धाक धम्की दिई अभद्र व्यवहार गरेको आरोप लागेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरिक्षक तथा सूचना अधिकारी रमेशकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

प्रनाउ श्रेष्ठका अनुसार पिडित महिलाले जिल्ला प्रहरी कार्यालय असोज २ गते कार्यालयमा जाहेरी दरखास्त दिए लगत्तै रश्मिता पाण्डे र मिना अर्यालललाई पक्राउ गरिएको हो ।

पक्राउ परेको दुवै जना बिरुद्व अभद्र व्यवहार शीर्षकमा मुद्दा दर्ता गरी जिल्ला प्रशासन कार्यालय गोरखाबाट म्याद थप गरेर प्रहरीको हिरासतमा राखी अनुसन्धान थालिएको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology