Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

संविधान दिवसको अवसरमा अनेरास्ववियु गोरखाद्धारा सर्बसाधारणलाई राष्ट्रिय झण्डा बितरण


2.3K
Shares

संविधान दिवसको अवसरमा अनेरास्ववियु गोरखाद्धारा सर्बसाधारणलाई राष्ट्रिय झण्डा बितरण

गोरखा, ३ असोज । संविधान दिवसको अवसरमा नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले गोरखामा राष्ट्रिय झण्डा वितरण गरेको छ । आज सदरमुकाममा सर्वसाधारणलाई राष्ट्रिय झण्डा वितरण गरिएको अनरेरास्ववियुका अध्यक्ष प्रताप ढकालले जानकारी दिनुभयो ।

केन्द्रीय कमिटीको सेल्फी विथ नेसनल फ्ल्यागु कार्यक्रम अन्तर्गत जिल्लामा राष्ट्रिय झण्डा वितरण कार्यक्रम गरिएको उहाँले बताउनुभयो ।

सर्वसाधारणमा राष्ट्रिय भावना विकास गराउन उक्त कार्यक्रम गरिएको अनेरास्ववियुले जनाएको छ । यस क्रममा एक सयभन्दा बढी झण्डा वितरण गरिएको ढकालले बताउनुभयो । कार्यक्रममा अनेरास्ववियुका केन्द्रीय नेताहरूको पनि सहभागीता रहेको थियो ।

 

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology