गोरखा,३ असोज । नवौं संविधान दिवसको अबसरमा गोरखा सदरमुकाममा खुल्ला दौड प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा निर्धारीत दुरी पार गरेर सुरुज गुरुङ प्रथम हुनुभएको छ । लियो क्लब अफ गोरखाको आयोजना भएको प्रतियोगितामा १८ जनाले सहागिता जनाएको क्लबका अध्यक्ष मोहन श्रेष्ठले जानकारी दिनुभयो ।
गोरखा नगरपालिका–९ लक्ष्मी बजारको लियो प्रतिक्षालयबाट सुरु भएको दौड गोरखा नगरपालिका–६ को पुरानो बसपार्कमा आएर टुगिएको थियो । करिब ५ किलोमिटर दौडमा प्रथम हुन गुरुङले निर्धारीत दुरी १८ मिनेट २१ सेकेन्डमा पार गरेका थिए । प्रतियोगितामा क्रमश।सन्दिर डकाल, नवराज गुरुङ र सनम गुरुङ क्रमश। दोस्रो, तेस्रो र चौथो भएका थिए ।
प्रतियोगितामा दोस्रो हुने ढकालले निर्धारीत दुरी १८ मिनेट २७ सेकेन्ड, तेस्रो र चौथो हुने गुरुङ द्ववले निर्धारीत दुरी १९ मिनेट ३ सेकेनड र १९ मिनेट १० सेकेन्डमा पार गरेका थिए । खुल्ला दौड प्रतियोगिताको एक कार्यक्रम बिच गोरखा नगरपालिकाकी उपमेयर मसलीमायाँ थोकर पुनःले उद्घाटन गर्नुभएको थियो ।
बिजेताहरुलाई पुरानो बसपार्कमा भएको कार्यक्रममा लायन्स क्लब अफ गोरखाका अध्यक्ष भगवान् बाबु बास्केले नगद, प्रमाण पत्र र मेडल प्रदान गर्नुभएको थियो । प्रतियोगितामा प्रथम हुने सुरज गुरुङले ५ हजार ५५५, दोस्रो हुने सन्दिप ढकालले ३ हजार ३३३, तेस्रो हुने नवराज गुरुङले २ हजार २२२ र सान्त्वना हुने सनम गुरुङले १ हजार १११ रुपैयाँ पाएका थिए ।