Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

यौन दुर्व्यवहारको आरोप लागेका रसेल ब्राण्डको ‘मोनिटाइजेसन’लाई युट्युबले गर्‍यो खारेज


1.6K
Shares

यौन दुर्व्यवहारको आरोप लागेका रसेल ब्राण्डको ‘मोनिटाइजेसन’लाई युट्युबले गर्‍यो खारेज

काठमाडौं, ३ असोज । अमेरिकी भिडियो साझेदारी साइट युट्युबले चर्चित बेलायती कमेडियन तथा अभिनेता रसेल ब्राण्डको च्यानलबाट ‘मोनिटाइजेसन’ सुविधालाई खारेज गरिदिएको छ । युट्युबले आफ्ना प्रयोगकर्तालाई सुरक्षित तुल्याउन उक्त कारवाही गरेको जनाएको बीबीसीले उल्लेख गरेको छ ।

सन् २००३ मा रसेलले यौन दुर्व्यवहार गरेको आरोपबारेका विवरण मिडियामा प्रकाशित भएपछि लण्डनको महानगरीय प्रहरीमा उजुरी परेको र लगत्तै युट्युबले यस्तो कदम चालेको जनाइएको छ ।

पछिल्लो सप्ताहन्तमा रसेलविरुद्ध बलात्कार र यौन दुर्व्यवहारका उजुरी परेका थिए । सन् २००६ र २०१३ बीचमा रसेलले आफूविरुद्ध यौन उत्पीडन गरेको दाबीसहित ती चार महिलाले उजुरी दिएका छन् । तर यी आरोपलाई रसेलले खण्डन गरेका छन् ।

‘यदि कुनै क्रिएटरको अफ–प्लेटफर्म व्यवहारले हाम्रा प्रयोगकर्ता, कर्मचारी वा इकोसिस्टमलाई हानि पुर्‍याउँछ भने हामी कारबाही गर्छौं,’ युट्युबका प्रवक्ताले मंगलबार भन्नुभयो । अभिनेता ब्राण्डको ‘बाइपोलराइजेसन टुर’का केही इभेन्टको मिति स्थगित भएपछि युट्युबले यस्तो निर्णय गरेको हो ।

पछिल्ला वर्षहरुमा रेडियो र टेलिभिजनका पूर्वप्रस्तोताले अध्यात्म, राजनीतिबारेका भिडियो पोस्ट गर्दै आफ्नो व्यक्तित्वलाई नयाँ पहिचान दिने प्रयत्न गरेका छन् । उनलाई युट्युबमा ६.६ मिलियनले पछ्याएका छन् ।

‘युट्युबको कमाइलाई प्रतिबन्ध लगाउने उक्त निर्णय ४८ वर्षीय अभिनेताको स्वामित्वमा रहेका सबै च्यानलमा हुन्छ,’ युट्युबले भनेको छ । साथै, युट्युबले यस्ता प्रतिबन्ध दुर्लभ हुने उल्लेख गरेको छ । यसअघि यस्तो प्रतिबन्ध स्लोभाकका इन्टरनेट व्यक्तित्व डेभिड डोब्रिक र अमेरिकी युट्युबर तथा मेकअप कलाकार जेम्स चार्ल्सविरुद्ध लगाइएको थियो ।

 

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology