Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

गोरखामा बालयौन दुव्यर्वहारको आरोपमा ३० बर्षका युवक पक्राउ


2.5K
Shares

गोरखामा बालयौन दुव्यर्वहारको आरोपमा ३० बर्षका युवक पक्राउ

गोरखा २ असोज । गोरखाका नाबालिकालाई बालयौन दुरुपयोग गरेको आरोपमा ३० बर्षका युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा शहिदलखन गाउँपालिका–७ बुकोट, ओयाकगाउँका ३० बर्षिय सुजन परियार भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरिक्षक तथा सूचना अधिकारी रमेशकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

परियारले स्थानिय १६ बर्षिया ज कुमारी (नाम परिवर्तन) लाई भाद्र २५ गते सोमबार साँझ ५ः४५ बजेको समयमा एक्लै भएको मौका छोपी शरिरको संवेदनशील अंगहरु चलाउने तथा चुम्बन गरेको प्रहरीको आरोप छ । उक्त कार्य गरेको भन्दै बालिकाको आमाले प्रहरीमा निवेदन दिए लगत्तै सुजनलाई गोरखा प्रहरीले भाद्र ३१ गते आइतबार पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ ।

सुजन ति बालिकालाई विभिन्न तरहले डर–त्रासमा पारी करणी गर्ने आशयले अस्वभाविक रुपमा पीडित बालिकाको संवेदनसिल अंगहरुमा समाउने, चुम्बन गर्ने गरी बालयौन दुरुपयोग गरेकोले पक्राउ गरी बालयौन दुरुपयोग कसूर शिर्षकमा मुद्दा दर्ता गरीएको प्रनाउ श्रेष्ठले बताउनुभयो ।

पक्राउ परेका युवकलाई आइतबार नै गोरखा जिल्ला अदालतबाट म्याद थप प्रहरीको हिरासतमा राखी अनुसन्धान थालिएको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology