Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

गोरखामा भरोसा महिला समुहले गर्यो तीज बिशेष अन्तरक्रिया कार्यक्रम


2.4K
Shares

गोरखामा भरोसा महिला समुहले गर्यो तीज बिशेष अन्तरक्रिया कार्यक्रम

गोरखा, ३० भदौ  :  भरोसा महिला समुहको आयोजनामा शुक्रबार गोरखामा तीज बिषेश अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । गोेरखा सदरमुकाममा गोरखा नगरपालिका भित्रका १४ वटैवडाबाट महिलाहरु सहभागी भएका थिए । अन्तरक्रिया कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख मोहनबहादुर थापामगरले तीज महिलाहरुको बेदना पोख्ने पर्वको रुपमा लिइने गरेको भन्दै यसको संस्कृति र परम्परालाई जोगाई राख्नु पर्नेमा जोडदिनुभयो ।

उहाँले तीज पर्वले महिला सशक्तिकरणको आन्दोलनलाई अगाडी अझै अगाडी बढाउने तर्फ सोच्नु पर्ने बताउनुभयो । कार्यक्रममा गोरखा नगरपालिकाका नगरप्रमुख कृष्णबहादुर रानामगरले तीज पर्व भड्किलो बन्दै गएको र संस्कृतिको संरक्षण भन्दा पनि बिकृतिको खतरा बढेको बताउनुभयो । उहाँले महिला समुहले तीज पर्व मनाउदा यसका बिकृत पक्षहरुमा खवरदारी गर्दै सचेतना फैलाउन पनि अनुरोध गर्नुभयो ।

कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का गोरखा जिल्ला इन्चार्ज दीपक कोइरालाले पछिल्लो तीज पर्वमा विस्तारै बिकृति बिसंङ्गती देखिन थालेकाले त्यसलाई सुधार गरेर लैजानु पर्ने बताउनुभयो । ‘भन्न त हामीले सुधार गर्नुपर्छ भनिरहेका छौ, उहाँले भन्नुभयो, ‘तर हामीले त्यसलाई व्यवहारमा कार्यान्वयन गर्न सकिरहेका छैन, अव हामीले भनेका कुरालाई व्यवहारमा पनि कार्यान्यन गर्दै जानुपर्छ ।’

इन्चार्ज कोइराला अन्धबिश्वासबाट गरिने कुराहरुलाई परिवर्तन गर्दै प्रगतशिल बिषयहरुलाई यस्ता खालको पर्वले उठाउदै लैजानुपर्ने बताउनुभयो । उहाँले स्थानीय सरकारले गरेका राम्रा कामहरुको प्रचार र कमीकमजोरीका आलोचनाहरु गीतहरु मार्फत हुनसक्ने त्यसले स्थानीय सरकारलाई पनि घचघच्याईरहेको बताउनुभयो ।

त्यस्तै कार्यक्रममा नेकपा माओवादी केन्द्रकी केन्द्रीय सदस्य भूमि आयोग गोरखाकी अध्यक्ष कमला नहर्कीले महिलाहरुको हक अधिकारका लागि तीजपर्व मार्फत सकारात्मक भूमिका खेल्नुपर्नेमा जोडदिनुभयो ।

समुहकी अध्यक्ष सावित्रा थापाको अध्यक्षतामा भएको कार्यक्रममा अखिल नेपाल महिलांसघकी केन्द्रीय सदस्य शोभा लामिछाने, अनेमसंघ गोरखाकी अध्यक्ष मालती भट्ट, अनेसंघकी नेतृ शारदा ढकाल लगायतले कार्यक्रममा शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology