गोरखा, २९ भदौ । गोरखा नगरपालिका ६ छहरेमा रहेको बालमन्दिर माध्यामिक विद्यालयको ४७ औं बार्षिकोत्सव तथा अभिभावक समारोह सम्पन्न शुक्रबार भएको छ । गोरखा नगरपालिकाकी उपमेयर मसलीमाया थोकर(सपना पुन)ले उद्घाटन गर्नुभएको बार्षिक उत्सव समारोहमा बिभिन्न खेलकुद प्रतियोगिता तथा नृत्य प्रतियोगिताहरुको आयोजना गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भक्तराम श्रेष्ठले जानकारी दिनुभयो ।
प्रतियोगितामा बिजेता विद्यार्थीहरुलाई उपप्रमुख पुनले पुरस्कार समेत प्रदान गर्नुभयो । कार्यक्रमलाई सम्वोधन गर्नुहुदैँ उपप्रमुख पुनले नगरपालिकाले शिक्षा क्षेत्रको बिकासका लागि बिशेष जोड दिदै आएको बताउनुभयो । उहाँले शिक्षा क्षेत्रको बिकासले मात्र सवै पक्षको बिकासलाई अगाडी बढाउन सकिने बिश्वास समेत व्यक्त गर्नुभयो ।
कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख सुवास आचार्य, गोरखा उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णकुमार श्रेष्ठ, विद्यालय व्यवस्थापन समितिका सन्तोष थापा लगायतले शुभकामना मन्तव्य गर्नुभएको थियो । विद्यालय व्यवस्थापन समितिका भक्तराम रानामगरको अध्यक्षतामा सम्पन्न बार्षिक उत्सव कार्यक्रममा विद्यालयका प्रधानाध्यापक शिव थापाले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।