Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

‘नाङ्गो गाउँ’ हेरेपछि राजेश पायलको प्रतिक्रिया स् दयाहाङको भूमिकाले बालेनको झल्को दियो


2.4K
Shares

‘नाङ्गो गाउँ’ हेरेपछि राजेश पायलको प्रतिक्रिया स् दयाहाङको भूमिकाले बालेनको झल्को दियो

काठमाडौँ,२८ भदौ । गायक राजेश पायल राईले अभिनेता दयाहाङ राईले फिल्म ‘नाङ्गो गाउँ’मा निर्वाह गरेको भूमिकाले काठमाडौँ महानगरपालिका मेयर बालेन शाहको झल्को दिएको बताएका छन् । बुधबार फिल्म ‘नाङ्गो गाउँ’ प्रिमियरमा सहभागी राईले फिल्मले समाजमा भइरहेका घटनालाई चुस्त दुरुस्त उतारेको भन्दै प्रशंसा गर्नुृभयो ।

‘दयाहाङलाई नेपाली फिल्मका ‘सुपरस्टार’ हुन्’, उहाँले भन्नुभयो , ‘दयाहाङले फिल्ममा निर्वाह गरेको भूमिकाले बालेन शाह, हर्क साम्पाङ राई र गोपी हमालको झल्को दिन्छ ।’ राईले ‘फिल्म आफूले सोचेभन्दा पनि राम्रो पाएको उहाँले सुनाउनुभयो । प्रिमियर राईसहित थुप्रै कलाकर्मीको समेत सहभागिता रहेको थियो ।

शुक्रबारदेखि देशभर सार्वजनिक प्रदर्शनमा आउने फिल्म सामाजिक र राजनीतिक विषयमा निर्माण भएको हो । फिल्ममा दयाहाङ र मिरुना मगरको अलवा बुद्धि तामाङ, रवीन्द्र झा लगायतको मुख्य भूमिका रहेको छ । दयाहाङ र मिरुनाको सहकार्य रहेको यसअघि ‘कबड्डी ४’ र ‘जारी’ फिल्म हिट छन् ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology