गोरखा, २८ भदौ । गोरखाको भीमसेन थापा गाउँपालिका–५ बगुवाँका वडा सदस्य सूर्यबहादुर बोहोराले बिपन्न गरिव विद्यार्थीहरुलाई आवश्यक शैक्षिक सामाग्री वितरण गर्नुभएको छ ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का वडा सदस्य बोहोराले स्थानीय शान्ती माध्यामिक विद्यालय अध्ययनरता ७ जना गरिव तथा जेहेन्दार विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गर्दै आउनु भएको हो ।
उहाँले शैक्षिक सत्र २०७९ देखि आफ्नो व्यक्तिगत खर्चबाट पाँच जना विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गर्दै आउनु भएकोमा यसबर्षदेखि भने थप २ जना गरी ७ जनालाई शैक्षिक सामाग्री वितरण गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।