Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

गोरखाको अजिरकोट र बारपाक सुलिकोट गाउँपालिकामा नेपाल टेलिकमको नेटवर्कमा समस्या


1.5K
Shares

गोरखाको अजिरकोट र बारपाक सुलिकोट गाउँपालिकामा नेपाल टेलिकमको नेटवर्कमा समस्या

गोरखा, २८ भदौ । नेपाल टेलिकमको नेटवर्कमा देखिएको समस्याले गोरखाको अजिरकोट गाउँपालिका र बारपाक सुलिकोट गाउँपालिका भित्रका बिभिन्न क्षेत्रका उपभोक्ताहरुले हैरानी खेप्दै आउनु परेको छ । गएको दुईमहिना भन्दाबढी समयदेखि त्यस क्षेत्रका उपभोक्ताहरुले नेटवर्क समस्याका कारण मोवाइलको कल तथा इन्टरनेट सेवा राम्रोसंग सुचारु नहुँदा कठिनाई भोग्दै आउनु परेको हो ।

जिल्लाको उत्तरपश्चिम अजिरकोट गाउँपालिकाको भच्चेकमा रहेको टेलिकमको टावरमा आएको समस्याका कारण टेलिकमको मोवाइल सेवा तथा इन्टरनेट दुरुस्त नचल्ने गरेको बारपाक सुलिकोट गाउँपालिकाका जीतबहादुर नेपालीले जानकारी दिनुभयो ।

‘भच्चेकमा राखिएको नेपाल टेलिकमको टावरबाट बारपाक सुलिकोट गाउँपालिका बिभिन्न क्षेत्रमा टेलिकमको फोरजी सेवा पुगेको छ, उहाँले भन्नुभयो, ‘अहिले टावरमा आएको समस्याले राम्रोसंग इन्टरनेटले काम गरेको छैन ।’नेटवर्कमा आएको खरावीका कारण मोवाइल कल गर्दा समेत कुरा नबुझिने, फोन गर्दागर्दै काटिने समस्या भएको नेपालीको भनाई छ ।

टेलिकमको टावरमा आएको समस्याले हैरानी खेप्नु परेको अधिकांस उपभोक्ताहरुको गुनासो रहेको छ । कुराकानी गर्दा मोवाइल फोनमा आवाज नसुनिने समस्या समेत रहेको अजिरकोट गाउँपालिका–३, भच्चेकका स्थानीबासी हरीप्रसाद देवकोटाले बताउनुभयो ।

‘मोवाइल छ तर कुरा गर्न परेको बेला काम परेको बेला कुराकानी गर्न नै गाह्रो हुन्छ, उहाँले भन्नुभयो, ‘फोन गर्दा फोन नै लाग्न गाह्रो र फोन लागे कुराकानी नै बुझ्न समस्या हुने गरेको छ ।’

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology