Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

भारोत्तोलन खेलाडी विशालसिंहले बनाए वर्ल्ड च्याम्पियनसिपमा नयाँ राष्ट्रिय कीर्तिमान


2.3K
Shares

भारोत्तोलन खेलाडी विशालसिंहले बनाए वर्ल्ड च्याम्पियनसिपमा नयाँ राष्ट्रिय कीर्तिमान

काठमाडौं, २७ भदौ । नेपाली भारोत्तोलन खेलाडी विशालसिंह विष्टले साउदी अरबको रियादमा जारी आईडब्लुए वर्ल्ड च्याम्पियनसिपमा नयाँ राष्ट्रिय कीर्तिमान बनाएका छन् । उनले पुरुष ९६ केजी तौल समूहमा स्याच, क्लिन एण्ड जर्क र कुलमा गरी तीनवटा राष्ट्रिय कीर्तिमान बनाएको नेपाल भारोत्तोलन संघले बनाएको छ ।

विशालले आफ्नै नाममा रहेको तीनवटै कीर्तिमान सुधार गरेका हुन् । विशालले स्न्याचतर्फ १२६ केजी, क्लिन एण्ड जर्कमा १६५ केजी र समग्रमा २९१ केजी भार वहन गर्दै नयाँ कीर्तिमान बनाएका हुन् ।

विशालले यसअधि गत वर्ष पोखरामा भएको नवौं राष्ट्रिय खेलकुदमा विशाल सिंहले ब्याचमा १२० केजी, क्लिन एण्ड जर्कमा १६१ र समग्रमा १८१ केजीको कीर्तिमान बनाएका थिए ।

यसअघि नेपालका अर्का खेलाडी विकास भट्टले पुरुष ११ केजी तौल समूहमा स्न्याच, क्लिन एण्ड जर्क र कुलमा आफ्नै नाममा रहेको कीर्तिमान सुधार गर्दै नयाँ राष्ट्रिय कीर्तिमान बनाएका थिए ।

१६ वर्षपछि नेपालले वर्ल्ड भारोत्तोलन च्याम्पियनसिपमा भाग लिँदा नेपालबाट ५ खेलाडी सहभागी छन् । महिला खेलाडीद्वय टिकामाया गुरुङ र शारद चौधरीको प्रतिस्पर्धा सकिसकेको छ ।

महिला खेलाडीले भने राष्ट्रिय कीर्तिमान बनाउन सकेनन् । विशाल, विशाल, टिकामाया र शारदा चारै खेलाडीले चीनको हान्झाउमा हुने १९औं एसियन गेम्समा पनि सहभागिता जनाउनेछन् । अब वर्ल्ड च्याम्पियनसिपमा नेपालका सागर भण्डारीको प्रतिस्पर्धा बाँकी छ । उहाँले पुरुष १०९ केजी तौल समूहमा प्रतिस्पर्धा गर्नुहुने छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology