गोरखा २७ भदौ । जिल्ला प्रशासन कार्यलय गोरखाले भोली बिहीबार सार्वजनिक बिदा दिने भएको छ । नेकपा एमालेका उपाध्यक्ष तथा संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनको शोकमा जिल्ला प्रशासन कार्यलय गोरखाले सार्वजनिक बिदा दिने भएको हो ।
कार्यलयले आज सूचना प्रकाशित गर्दै उक्त दिन नेपालभरका सबै सरकारी कार्यालयहरू, विदेशस्थित नेपाली दूतावास र नियोगहरूमा सार्वजनिक बिदा दिने भएपछि जिल्ला प्रशासन कार्यालयले बिदा दिएको जनाएको छ ।
कार्यलय प्रशासकिय अधिकृत नारायण प्रशाद सुबेदीद्धारा हस्ताक्षरित सूचनामा बिदाका दिन कार्यालयबाट प्रदान गरिरदै आएको सवै प्रकार काम बन्द हुने उल्लेख छ ।
अध्यक्ष नेम्वाङको ७१ वर्षको उमेरमा मंगलबार बिहान नेम्वाङको असामयिक निधन भएको थियो । नेम्वाङको अन्तिम संस्कार भदौ २८ गते बिहीबार हुने भएको छ । सरकारले नेम्वाङ अन्तिम संस्कारका दिन देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।