Nagarik Sawal

२०८३ कार्तिक १३ बिहिबार

२०८३ कार्तिक १३ बिहिबार

एनआरएनएको लगानीमा २०.७३ मेगावाटको जल्दीगाड जलविद्युत आयोजनाको पीपीए, ०८५ भित्रै उत्पादन लक्ष्य


3.6K
Shares

एनआरएनएको लगानीमा २०.७३ मेगावाटको जल्दीगाड जलविद्युत आयोजनाको पीपीए, ०८५ भित्रै उत्पादन लक्ष्य

काठमाडौँ, २६ भदौ । रुकुम पूर्वमा निर्माण हुने २०.७३ मेगावाट क्षमताको जल्दीगाड जलविद्युत आयोजनाको विद्युत खरीद बिक्री सम्झौता (पीपीए) मंगलवार सम्पन्न भएको छ । आयोजनाको प्रवर्द्धक सांग्रिला हाईड्रोपावर प्राली र नेपाल विद्युत प्राधिकरणबीच मंगलवार ६ महिना हिउँद ( ६ महिना बर्षायाम हुनेगरी टेक और पे मोडलमा पीपीए हस्ताक्षर भएको हो । आयोजनाले उत्पादन गरेको विद्युत हिउँद याममा ८ रुपैयाँ ४० पैसा र वर्षायाममा ४ रुपैयाँ ८० पैसामा विद्युत प्राधिकरणले खरीद गर्ने गरी सम्झौता भएको छ ।

आयोजनाका तर्फबाट सांग्रिला हाईड्रोपावर प्रालीका अध्यक्ष खगेन्द्र न्यौपाने र विद्युत प्राधिकरणका तर्फबाट उप कार्यकारी निर्देशक प्रदिप कुमार थिकेले सम्झौतामा हस्ताक्षर गर्नुभएको छ ।

सांग्रिला हाईड्रोपावर प्रालीमा मलेसियामा बसेर बिभिन्न क्षेत्रमा व्यवसाय गरेका सफल ब्यावसायी गैर आवासीय नेपाली संघ९एनआरएनए० आईसिसि सचिव खगेन्द्र न्यौपाने अध्यक्ष र संचालकहरुमा एनआरएनए आईसिसि उपाध्यक्ष एबं सफल ब्यावसायी आरके शर्मा,एनआरएनए युवा उपाध्यक्ष एबं कतारका सफल युवा ब्यावसायी राज रेग्मी,युवा ब्यावसायी नविन कँडेल, युवा ब्यावसायी रविन गुरुङ सहित ब्यबसायी सरोज धिताल समेत रहेका छन भने यसलाई चुस्त र बलियो टिमवर्क सहित अघि बढ्ने न्यौपानेले बताउनुभयो ।

उक्त हाईड्रोपावरमा ठुलो लगानी एनआरएनएहरुको रहनेछ भने नेपालमा रहेर बिभिन्न क्षेत्रमा अब्बलता कमाएका ब्याबसायीहरुको पनि लगानी रहने अध्यक्ष न्यौपानेले जानकारी दिनुभयो । उक्त हाईड्रोको प्रमुख लगानीकर्ताहरूमा एनआरएनए आईसिसि सचिव खगेन्द्र न्यौपाने, एनआरएनए आईसिसि उपाध्यक्ष आरके शर्मा ,एनआरएनए युवा उपाध्यक्ष राज रेग्मी युवा ब्यावसायी रविन गुरुङ सहित रहनेछन ।

कुमपश्चिम आठविसकोट नगरपालिका वार्ड नम्वर ३ र ४ मा निर्माण हुने आयोजना जल्दीगाड खोलामा निर्माण हुनेछ । ४२२ मिटर हेड रहेको आयोजनाको डिजाइन क्यु ४२.५ रहेको छ । आयोजनामा २ हजार ५०० मिटर सुरुङमार्ग र ३५०० मिटर पेनस्टक पाइप प्रयोग गर्ने गरि बन्नेछ ।

आयोजनाले आयोजनाको विद्युतगृहदेखि नेपाल विद्युत प्राधिकरणको बाफिकोट सबस्टेशनसम्म १३२ केभी क्षमताको सब स्टेसन वा ८ किमी नजिक रहेको ४०० केभीको जाजरकोट दानेपिपलमा रहेको सबस्टेशनमा जोडिनेछ ।आयोजना सम्म जाने पहुँचमार्ग खुलिसकेको र स्तरोन्नती गर्नुपर्ने आयोजनाले जनाएको छ । आयोजना निर्माणको अनुमानित लागत ४ अर्ब रुपैयाँ रहेको छ ।

यसै वर्षभित्र आयोजनाको वित्तीय व्यवस्थापन सकेर निर्माणमा जाने तयारी रहेको जल्दीगाड हाइड्रोका अध्यक्ष न्यौपानेले जानकारी दिए । आयोजनाको विद्युत उत्पादन गर्नुपर्ने मिति २०८५ मंसिरभित्र रहेको छ । आयोजनाबाट वार्षिक रुपमा १२७.२९ गिगावाट आवर विद्युत ऊर्जा उत्पादन हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology