Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

गोरखामा सर्पको टोकाईबाट एक महिला बिरामी


6.6K
Shares

गोरखामा सर्पको टोकाईबाट एक महिला बिरामी

गोरखा, २६ भदौ । गोरखामा सर्पदंशबाट एक महिला बिरामी परेकी छिन् । गोरखा नगरपालिका–६ ढाँडगाउँमा बस्दै आएकी ४२ बर्षिया एक महिलालाई गएराती सर्पले टोकेर बिरामी परेको गोरखा अस्पतालका सूचना अधिकारी कृष्ण ढकालले जानकारी दिनुभयो ।

सर्पले डसेपछि बिरामी परेकी उनि उपचारका लागि गोरखा अस्पतालमा आएको भएपनि उपचारका गर्न भ्याक्सिन तथा जनशक्ति नभएकाले थप उपचारका लागि चितवन रिफर गरिएको उहाँले बताउनुभयो ।

‘राती सर्पले टोकेपछि बिरामी अस्पतालमा भर्ना हुन आउनु भएको थियो, सूचना अधिकारी ढकालले भन्नुभयो, ‘रगत परीक्षणका क्रमममा बिरामीको रगत पातलो हुने अवस्था आएपछि लगत्तै अस्पतालले थप उपचारका लागि चितवन रिफर गरिएको हो ।’

गोरखा अस्पतालमा सर्पदंशको उपचारका लागि भ्याक्सिन तथा दक्षजनशक्ति समेत नभएका कारण चितवन रिफर गर्नुपरेको उहाँको भनाई छ । ‘तराईमा जस्तो पहाडमा सर्पदंशको बिरामी कम हुने भएकाले गोरखा अस्पतालमा आवश्यक औषधी तथा चिकित्सकको छैन, सूचना अधिकारी ढकालले भन्नुभयो, ‘त्यसैले बिरामीको अबस्था जटिल होला कि भनेर तत्कालै रिफर रिफर ग¥यौ ।’

उपचारका लागि आएकी महिलालाई ‘भाइपर’ प्रजातिको सर्पले टोकेको पनि अस्पतालले जनाएको छ । ‘उक्त प्रजातीको सर्पले डसेपछि कि त रगत पातलो हुन्छ कि त बाक्लो हुन्छ, उहाँले भन्नुभयो, ‘दुवै अवस्थामा भ्याक्सिनले काम गर्ने हो अस्पतालमा रगत पातलो हुँदा र बाक्लो हँुदा उपचारका गर्नुपर्ने मेसिन पनि छैन ।’

रगत पातलो हुदै गएपछि शरिरको भित्री भागमा रक्तश्राव हुनसक्ने भएका पनि तत्काल बिरामीको उपचार गर्नुपर्ने भएकाले बिरामीलाई अन्यत्र रिफर गरिएको उहाँको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology