काठमार्डौं, २५ भदौ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले यो बेला नराम्रो काम गर्नु भनेको प्रधानमन्त्रीलाई धोका दिनु भएको टिप्पणी गर्नुभएको छ ।
बौद्व जागरण केन्द्रद्वारा आयोजित कार्यक्रमलाई काठमाडौंमा सम्बोधन गर्दै मन्त्री किरातीले यस्तो आफू प्रधानमन्त्रीलाई धोका दिने पक्षमा नरहेको बताउनुभयो । मन्त्री किरातीले भने “ यो सरकार प्रती आम जनताको आशा जागेको छ । प्रधानमन्त्रीले पनि हामी क्याविनेट मन्त्रीहरुबाट ठूलो अपेक्षा राख्नु भएको छ यो अवस्थामा म बाट प्रधानमन्त्रीलाई धोका हुने छैन । प्रधानमन्त्रीलाई धोका दिनु भनेको देशलाई धोका दिनु हो ।’
त्यस्तै यो सरकार गठनपछि धेरै काम भईरहेको जिकिर गर्दै जनतामा बिस्तारै आशा जागेको दाबी गर्नुभयो । उहाँले भन्नुभयो ‘प्रधानमन्त्रीको यो स्प्रीडलाई समात्नु मेरो पहिलो कर्तव्य हो । मलाई घरी घरी आफ्नै मान्छेहरुबाट नाजायज काम गराउन दबाब न भएको होइन तर म कदापि गलत काम गर्दिन बरु म पद त्याग्न तयार छु ।’ उहाँले आफूलाई भेट्न आउनेहरुमाथि समेत शंका लाग्ने गरेको तर्क गर्नुभयो ।
‘दलाल हरु मलाई भेट्न आँट गर्दैनन कि आफ्नै मान्छेको भेष भुषामा सिखण्डी बनेर आएका हुनकि संङ्का लाग्छ । कृपया त्यसो नगर्नुहोस देशको मुखेन्जी तपाईसंगको सम्बन्ध मेरो लागि केहि पनि होइन । देश भन्दामाथि न म छु न मेरो पद छ । जीवनको बाजी थापेर देश बनाउने काममा लाग्नु हो । राजनीति भनेको जीवनको शुख र भोग बिलासको लागी होइन ।’ उहाँले भन्नुभयो ।