Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

सहिदहरुको सपना पूरा गर्ने जिम्मेवारी मेरो काँधमा छ : प्रधानमन्त्री दाहाल


2.3K
Shares

सहिदहरुको सपना पूरा गर्ने जिम्मेवारी मेरो काँधमा छ : प्रधानमन्त्री दाहाल

गोरखा, २४ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) हजारौ सहिदहरुको सपना पूरा गर्ने जिम्मेवारी आफ्नो काँधमा रहेको बताउनु भएको छ । जनयुद्धका क्रममा राज्यपक्षबाट हत्या गरिएका सहिद सुरेश वाग्ले (बासु) र भीमसेन पोखरेल (बैरागी) को २४ औं स्मृतिसभालाई सम्बोधन गर्न आज गोरखा आइपुग्नु भएका उहाँले गोरखाको पालुङटार नगरपालिका–२ आँपपिपलमा आयोजित सभालाई सम्बोधन गर्नुहुदै सहिदहरुका सपना पुरा गरेरै छाड्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहनु भएका प्रधानमन्त्री दाहालले माओवादीले उठाएका मुद्दा र जनताको चाहाना पूरा हुन अझै पनि बाँकी रहेको बताउनुभयो । ‘जनयुद्धका क्रममा उठाएका सवै मुद्दाहरु पुरा भईसकेका छैनन्, उहाँले भन्नुभयो, ‘शान्तीपूर्ण ढंगबाट बाँकी रहेका मुद्दाहरुलाई स्थापित गर्दै जाने दृढ संकल्पका साथ लागिरहेका छौ ।’

प्रधानमन्त्री दाहालले आफु प्रधानमन्त्री बनेपछि जनयुद्ध र जनयुद्धका सहिद तथा बेपत्ता योद्धालाई सम्मान गर्ने वातावरण बनाएको बताउनुभयो । ‘यसपटक सरकारको नेतृत्वमा पुगेपछि मैले नै जनयुद्ध र जनआन्दोलनका सम्पूर्ण सहिदहरूलाई राष्ट्रिय सहिदको घोषणा गरिसकेको छु, उहाँले भन्नुभयो, ‘राजपत्रमा प्रकाशित गरी सहिद घोषणा र जनयुद्ध दिवसलाई राष्ट्रिय दिवस घोषणाले जनयुद्धलाई सम्मान गर्ने वातावरण बनेको छ ।’

प्रधानमन्त्री दाहालले शान्ति सम्झौताको केही काम पुरा हुन अझै बाँकी रहेको भन्दै त्यसलाई निस्कर्षमा पु¥याउने तर्फ सरकार लागि रहेको बताउनुभयो । उहाँले सत्यनिरुपण तथा बेपत्ता सम्बन्धि बिधयेक पारित भएपछी देशैभर सहिद तथा बेपत्ता परिवारको सम्मान हुने समेत उल्लेख गर्नुभयो ।

बि.स २०५६ साल भदौ २३ गतेका दिन बिरामी अबस्था रहुन भएका नेता वाग्लेलाई पार्टी कामका शिलशिलामा रहनु भएका बेला साविकको गोरखाको गाँखु गा.वि.समा प्रहरीले नियन्त्रणमा लिएर हत्या गरिएको थियो । २०४७ सालदेखि शिक्षण पेशा छोडेर कम्युनिष्ट राजनीतिमा होमिनु भएका नेता वाग्ले माआवादीले जनयुद्धको थालनी गरेसंगै भूमिगत हुनुभएको थियो ।

१७ बर्षसम्म शिक्षण सेवामा बिताउनु भएका नेता वाग्ले पार्टी भित्र बैचारिक, सांगठनिक र दृढ संकल्प भएको नेताका रुपमा चिनिनुहन्थ्यो । गोरखाको आपँपिपल गां.वि.सको रातडाँडा भन्ने ठाउँमा बि.स २०१० साल भाद्र २४ गते जन्मिनु भएका नेता वाग्ले सानै देखि बिद्रोही स्वभावको हुनुहन्थ्यो । उहाँ जनयुद्धका क्रममा मारिनु हुने पार्टीको सवैभन्दा उच्च तहको नेता हुनुहुन्छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology