गोरखा, २४ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले गोरखामा एग्रिकल्चर टेक्निकल पार्क निर्माण गर्ने आफ्नो इच्छा रहेको बताउनु भएको छ । गोरखाको अजिरकोट गाउँपालिकाले आज भच्चेकमा आयोजना गरेको पालिका भित्रका जनप्रतिनिधिसंगहरु, राजनैतिक दल तथा नागरिकहरुसंगको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्नुहुदै उहाँले चीन सरकारले नेपालमा एग्रिकल्चर टेक्निकल पार्क निर्माण गर्ने प्रस्ताव गरेको भन्दै उक्त पार्क गोरखामा निर्माण गर्ने इच्छा व्यक्त गर्नुभएको हो ।
‘आसन्न चीन भ्रमणका क्रममा नेपालको कृषि क्षेत्रको विकासको सन्र्दभमा पनि छ, प्रधानमन्त्री दाहालले भन्नुभयो, ‘एउटा एग्रिकल्चर टेक्निकल पार्क बनाउने प्रस्ताव चीन सरकारको रहेको छ, त्यो पार्क कहाँ बनाउने भन्दा अहिले मेरो निर्णय नै त होइन तर उक्त पार्क गोरखामा नै बनाउने इच्छा छ ।’
एग्रिकल्चर पार्कमा कृषिको आधुनिकीकरण, उत्पादन बृद्धि, पशुपालन र उद्योगहरु पनि एउटै ठाउँमा केन्द्रीत रहने गरी निर्माण गर्ने सोच आफ्नो रहेको प्रधानमन्त्री दाहालले बताउनुभयो । ‘पर्याप्त जमिन भयो भने गोरखामा मेरो आफ्नै निर्वाचन क्षेत्रमा एउटा ठूलो परियोजना निर्माण गरौ, जसले हजारौलाई रोजगारी दिन सकोस् र यहाँको जनताको जीवनमा आमूल परिवर्तन ल्याउन सकोस् मेरो त्यता तर्फ ध्यान छ ।’ प्रधानमन्त्री दाहालले भन्नुभयो ।
प्रधानमन्त्रीको रुपमा यसपटक हरहालतमा राष्ट्रलाई सफल बनाउनु आफ्नो मुख्य उद्देस्य रहेको उहाँले बताउनुभयो । ‘व्यवस्था फेरियो अवस्था फेरिएन भन्ने ठाउँबाट देशलाई व्यवस्था मात्र होइन अवस्था पनि फेरियो भन्ने ठाउँमा पु¥याउने पनि यहीँ पार्टी यहीँ नेतृत्वले नै सम्भव छ इतिहासमा स्थापित गराउनुछ ।’ प्रधानमन्त्री दाहालले भन्नुभयो ।