Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

प्रधानमन्त्री दाहाल आज गोरखा आउदै, तीनवटा औपाचारिक कार्यक्रममा सहभागी हुने


2.7K
Shares

प्रधानमन्त्री दाहाल आज गोरखा आउदै, तीनवटा औपाचारिक कार्यक्रममा सहभागी हुने

गोरखा, २३ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) आज गोरखा आउनु हुने भएको छ । गोरखामा हुने बिभिन्न तीनवटा औपाचारिक कार्यक्रमहरुमा सहभागी हुन उहाँ गोरखा आउन लाग्नु भएको नेकपा माओवादी केन्द्र गोरखाका जिल्ला इन्चार्ज दिपक कोइरालाले जानकारी दिनुभयो ।

विहान करिब ११ बजे प्रधानमन्त्री दाहाल पालुङ्गटार नगरपालिका वडा नम्बर २ स्थित आँपपिपल आइपुग्ने कार्यक्रम तय भएको उहाँले भनाई छ । त्यहाँ जनयुद्धका क्रममा राज्यपक्षबाट मारिनु भएका पार्टीका तत्कालिन बैकल्पिक पोलिटव्युरो सदस्य सुरेश वाग्ले (बासु) को स्मृति दिवस तथा शालिक अनावरण कार्यक्रमको प्रधानमन्त्री दाहालले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

त्यस्तै वाग्लेलाई तात्कालिन शाही नेपाली सेनाले २०५६ साल भाद्र २३ गते गोरखाको गाँखुमा घेराहाली हत्या गरेको थियो । उहाँ जनयुद्धमा मारिने पार्टीको सवैभन्दा उच्च तहको नेता पनि हुनुहुन्छ । आँपपिपलको कार्यक्रमपछि प्रधानमन्त्री दाहालले सिरानचोक गाउँपालिकामा जनभेटघाट गर्ने कार्यक्रम रहेको उहाँले बताउनुभयो ।

गोरखा क्षेत्र नम्बर २ का प्रतिनिधिसभाका सांसद समेत रहनु भएका प्रधानमन्त्री दाहाल गाउँपालिकाले आयोजना गर्न लागेको अन्तरक्रिया कार्यक्रममा पनि सहभागी हुनुहुनेछ ।

त्यस्तै दिउसो १ः३० बजे भने प्रधानमन्त्रीले अजिरकोट गाउँपालिकाले भच्चेक बजारको टुडिखेलमा आयोजना गरेको स्थानिय सरकार र सरोकारवाला बीचको अन्तरक्रिया कार्यक्रमलाई पनि सम्बोधन गर्ने कार्यक्रम तय भएको जिल्ला इन्चार्ज कोइरालाले बताउनुभयो ।

नेपाली सेनाको हेलिप्कटर मार्फत गोरखा आउन लाग्नु भएका प्रधानमन्त्री दाहाल आजै राजधानी फर्कने कार्यक्रम रहेको प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology