Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

आयआर्जन महिला समुह बिच वक्तृत्वकला प्रतियोगिता सम्पन्न


3.3K
Shares

आयआर्जन महिला समुह बिच वक्तृत्वकला प्रतियोगिता सम्पन्न

गोरखा, २२ भदौ । बुङकोट सामुदायिक सिकाई केन्दद्धारा सञ्चालित आयआर्जन समुहको बक्तृत्वकला प्रतियोगिता आज सम्पन्न भएको छ । प्रतियोगितामा जागरण आयआर्जन महिला समुह घैरुङ प्रथम, हातेमालो आयआर्जन महिला समुह पोखरी डाँड द्धितिय र लगनशिल आयआर्जन महिला समुह तेस्रे हुन सफल भएका छन् ।

कार्यक्रममा शहीद लखन गाउँपालिका भित्र रहेका बिभिन्न ९ वटा महिला आयआर्जन महिला समुहका करिब १ सय जना भन्दाबढीको सहभागितामा रहेको थियो । अन्तराष्ट्रिय साक्षरता दिवसको अवसरमा केन्द्रले बक्तृत्वकला प्रतियोगिताको आयोजना गरेको हो ।

केन्द्रकी अध्यक्ष दुर्गा करौजाको अध्यक्षतामा भएको कार्यक्रममा प्रमखु अतिथि शहीद लखन गाउँपालिकाकी उपाध्यक्ष इन्दिरता तिवारी, सामुदायिक सिकाई केन्द्र सञ्जालका अध्यक्ष बालकृष्ण लामिछानेको विशेष आतिथ्यतमा रहेको थियो ।

कार्यक्रममा शहीद लखन गाउँपालिका वडा नम्बर ७ का वडाध्यक्ष शरण श्रेष्ठ, वडा नम्बर ८ का वडाध्यक्ष बासुदेव ढकाल लगायतको सहभागिता रहेको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology