गोरखा,भदौ २२ । अन्तरािष्ट्रय साक्षरता दिवसको अवसरमा लायन्स क्लव अफ गोरखा दरौदीले आज चित्रकला प्रतियोगिता सम्पन्न गरेको छ । दरौदी करिडोरका तीन पालिकाका गरी १ दर्जन विद्यालयका आधारभुत तहका विद्यार्थीहरु सहभागी कार्यक्रममा सेन्ट मेरिज स्ुकल प्रथम भएको छ ।
१० विद्यालयका प्रतिस्पर्धीलाई पछि पार्दै सेन्ट मेरिजकी रितिका थापा प्रथम हुनुभएको छ । “नेतृत्वको लागि उत्प्रेरणा ” थिममा आधारित भएर गरिएको चित्रकला प्रतियोगितामा तारा मावि छेवेटारकी मान्सी नेपाली दोस्रो हुनुभएको छ, भने सेन्ट जोसेफ मा.विका फिलेक्स थापा तृतीय स्थान ल्याउन सफल हुनुभएको छ ।
गोरखा नगरपालिकाका वडा नम्बर– ६ , पालुङ्टार नगरपालिकाका ३ र सिराञ्चोक गाउँपालिकाका २ विद्यालय सहभागी रहेको प्रतियोगितामा व्राइट फ्रय्चर एकेडेमी चोरकाटेका उकेस गुरुङले सान्त्वना स्थान हासिल गरेको लायन्स क्लव अफ गोरखा दरौदीका निवर्तमान अध्यक्ष एवं चित्रकला प्रतियोगिताका संयोजक लायन रमेश विष्टले बताउनुभएको छ ।
क्लवका अध्यक्ष लायन कमल नारायण श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा तारा माविका प्रधानाध्यापक वावुराम वि.क.को प्रमुख आतिथ्यता रहेको थियो । विजयी विद्यार्थीहरुलाई आजै एक कार्यक्रमकमा वीच पुरस्कार तथा प्रमाणपत्र पनि वितरण गरिएको संयोजक विष्टले जानाकारी दिनुभयो ।
हरेक वर्ष सेप्टेम्वर ८ तारिखका दिन अन्तराष्ट्रिय साक्षरता दिवस मनाइदै आएको छ । विद्यार्थी उमेर देखि नै नेतृत्व गुण चित्रकलाको माध्यमवाट सिकाउने उद्देश्यका साथ प्रतियोगिता आयोजना गरिएको विष्टले वताउनुभयो ।