गोरखा, २१ भदौ । नेपाली हिन्दु नारीहरुको महान पर्व हरितालिका तिजको अवसर पारेर गोरखाको भीसमेन थापा गाउँपालिकाले तिज गीत तथा बक्तृत्वकला प्रतियोगिताको आयोजना गर्ने भएको छ ।
गाउँ कार्यापालिकाको भदौ १३ गते बसेको बैठकले पालिमा तिज गीत प्रतियोगिताको आयोजना गर्ने निर्णय गरेको प्रमुख प्रशासकिय अधिकृत चित्रबहादुर अधिकारीले जानकारी दिनुभयो । तिज पर्वलाई हर्षोल्लासका साथ मनाउने उद्देस्यले प्रतियोगिताको आयोजना गरिएको हो ।
तिज गित प्रतियोगितामा पालिका भित्रका प्रत्येक वडाबाट एकएक समुह र वक्तृत्वकला प्रतियोगिता पालिका भित्रका माध्यामिक विद्यालयहरुबाट एकएक जनाको सहभागिता रहने गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाको आयोजनामा हुने खुला तिज गित प्रतियोगितामा प्रथम हुने समुहले नगद रु १० हजार, दोस्रो हुने समुहले ७ हजार र तेस्रो हुने समुहले रु ५ हजार ३ हजार रुपैया नगद पुरस्कार प्रदान गरिने प्रमुख प्रशासकिय अधिकृत अधिकारीले बताउनुभयो । स्थानीय सरकार महिलाको भूमिका बिषयमा रहेर सहभागीले तिज गीत पूस्तुत गर्नुपर्ने गाउँपालिको जनाएको छ ।
त्यस्तै बक्तृत्वकला प्रतियोगितामा प्रथम हुने सहभागीले ५ हजार, दोस्रो हुने सहभागीले ४ हजार, तेस्रो हुने सहभागीले ३ हजार र सान्तव्ना हुने सहभागीलाई २ हजार पुरस्कार प्रदान गरिने जनाएको छ ।