गोरखा, २० भदौ । रक्त सञ्चार केन्द्र गोरखामा रगतको अभाव भएको भन्दै आज गोरखा बजारमा रक्तदान कार्यक्रम सम्पन्न गरिएको छ । नेवारी समुदायको गोरखा धिमे दबू र रोट्रयाक्ट क्लब अफ बज्र मनासलुको संयुत्त आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।
गोरखा नगरापालिका–६ को बिण्णु पाञ्चायन मन्दिर परिषरमा भएको उक्त कार्यक्रममा २८ प्रिन्ट रकग संकलन भएको नेपाल रेडक्रस सोसाइटी रक्तसंञ्चार केन्द्र गोरखाले जानकारी दिएको छ ।
केन्द्रको प्राविधिक सहयोगमा भएको रक्तदान कार्यक्रममा ७ जना महिला र २१ जना पुरुषले रक्तदान गरेको धिमे दवूले जानकारी दिएको छ । रक्तसञ्चार केन्द्रमा रगतको अभाव भएको जानकारी पाए लगत्तै दुवै संस्थाले मिलेर रक्तदान कार्यक्रमको आयोजना गरिएको रोट्रयाक्ट क्लबका अध्यक्ष सन्दिप बयलकोटीले जानकारी दिनुभयो ।
कार्यक्रम बिहान ११ः०० बजेदेखी दिउसो ३ः०० बजेसम्म सञ्चालनमा आएको थियो । संकलित सबै रगत रक्तसञ्चार केन्द्र गोरखालाई नै हस्तान्तरण गरिएको छ ।