Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

गोरखाको दुई वटा सामुदायिक विद्यालयमा गण्डकी प्रदेश सरकारको ‘विद्यालय नर्स’ कार्यक्रम निरन्तरता


2.4K
Shares

गोरखाको दुई वटा सामुदायिक विद्यालयमा गण्डकी प्रदेश सरकारको ‘विद्यालय नर्स’ कार्यक्रम निरन्तरता

गोरखा, २० भदौ । गोरखाको दुई सहित गण्डकी प्रदेश भित्रका १८ वटा विद्यालयमा गण्डकी प्रदेश सरकारको ‘विद्यालय नर्स’ कार्यक्रमले निरन्तरता पाएको छ । गोरखा जिल्लाको गोरखाको जीवनज्योति माध्यामिक विद्यालय र चतुरमाला माध्यामिक विद्यालयमा नर्स सेवा कार्यक्रमले निरन्तरता पाएको हो । प्रदेशको सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयका अनुसार ११ जिल्लाका १८ विद्यालयमा यो कार्यक्रम सञ्चालित छ ।

विद्यालय तहमै प्राथमिक स्वास्थ्य सेवा, सरसफाइ, पोषण, महिनावारी तथा प्रजनन स्वास्थ्यजस्ता सेवाको पहुँच पुर्याई विद्यार्थीको स्वास्थ्य अवस्थामा सुधार ल्याउन ‘विद्यालय नर्स’ कार्यक्रम सुरु गरिएको हो । मन्त्रालयका सचिव डा. विनोदबिन्दु शर्माले बालबालिकाको आनीबानी र जीवनशैलीमा सकारात्मक परिवर्तन ल्याउन कार्यक्रमबाट टेवा पुगेको बताउनुभयो ।

“छोटो समयमै विद्यालय नर्स कार्यक्रम प्रभावकारी देखिएको छ, यसबाट स्वास्थ्य शिक्षा प्रवद्र्धनमा समेत मद्दत पुगेको छ”, उहाँले भन्नुभयो, “बालबालिकाले व्यवहार परिवर्तन र स्वास्थ्यको आधारभूत ज्ञान विद्यालयबाटै पाएका छन् ।” थप विद्यालयमा कार्यक्रम विस्तारका लागि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रस्ताव पठाइएको सचिव डा शर्माले बताउनुभयो ।

उहाँका अनुसार मुस्ताङको २, म्याग्दीका १, पर्वतको १ बागलुङको २ वटा विद्यालयमा ‘विद्यालय नर्स’ कार्यक्रम सञ्चालनमा छ । यस्तै स्याङ्जा, कास्कीको, तनहुँको लमजुङको २÷२ वटा विद्यालयमा कार्यक्रम सञ्चालन गरिएको हो । मुस्ताङ, मनाङ, म्याग्दी र पर्वतका एक÷एक विद्यालयमा कार्यक्रम लागू गरिएको अधिकृत बरालले उल्लेख गर्नुभयो । “गत वर्ष माघदेखि कार्यक्रम सञ्चालनमा आएको हो, यो वर्ष पनि प्रदेशका ११ वटै जिल्लामा कार्यक्रमले निरन्तरता पाएको छ”, उहाँले भन्नुभयो ।

‘विद्यालय नर्स’ कार्यक्रमका लागि मन्त्रालयले गत आवमा रु ५० लाख बजेट विनियोजन गरेकामा यो वर्ष रु एक करोड बजेट छुट्याएको छ । मन्त्रालयले पाँचौँ तहका स्टाफ नर्सलाई छ महिनाको करार सम्झौता गरी विद्यालयमा खटाएको हो । नेपाल माविमा सेवारत स्टाफ नर्स जीवना शर्माले स्वस्थ जीवनयापनका लागि अपनाउनुपर्ने आनीबानी र व्यवहारबारे विद्यार्थीलाई सिकाउने गरेको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology