Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

गोरखामा करेन्ट लगाएर माछा मार्ने दुईजना पक्राउ


4.3K
Shares

गोरखामा करेन्ट लगाएर माछा मार्ने दुईजना पक्राउ

गोरखा, २० भदौ । खोलामा करेन्ट लगाएर अवैध रुपमा माछा मार्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । गोरखा नगरपालिका–१०, स्थित सिर्दिखोलामा करेन्ट लगाएर माछा मारिरहेका बेला सोही ठाउँका १८ बर्षका सञ्जय तामाङ र २८ बर्षका रजित तामाङलाई मंगलबार प्रक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी निरीक्षक शेखर खड्काले जानकारी दिनुभयो ।

करेन्ट लगाएर माछा मारिरहेको भन्ने गोप्य सूचनाको आधारमा जिल्ला स्थित अस्थायी प्रहरी पोष्ट छेवेटारबाट गएको प्रहरीको टोलीलाई उनिहरुलाई पक्राउ गरेको उहाँले बताउनुभयो । पक्राउ परेका दुवै जनालाई सम्झाई बुझाई गर्न खोज्दा उल्टै उनिहरुले डिउटीमा खटिएका प्रहरीहरुलाई दुव्र्यवहार गर्ने र धाक–धम्की दिएर अभद्र व्यवहार गरेपछि तत्कालै नियन्त्रणमा लिइएको प्रहरी निरीक्षक खड्काले जानकारी दिनुभयो ।

पक्राउ परेकाहरुको साथबाट करेन्ट प्रवाह गरि माछा मार्न प्रयोग गरेको ब्याट्री, फुर्लुङ्ग र माछा थाप्न प्रयोग भएको जाल समेत बरामद गरिएको उहाँको भनाई छ । पक्राउ परेका दुवै जनालाई जिल्ला प्रशासन कार्यालय गोरखाबाट म्याद थपगरी हिरासतमा राखेर अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

उनिहरु बिरुद्ध सार्वजनिक विरुद्धको कसूर शीर्षकमा मुद्दा गरेर अनुसन्धान अघि बढाइएको प्रहरी निरीक्षक खड्काले बताउनुभयो । जिल्ला भित्र नदी र खोलामा करेन्ट प्रवाहगरी माछा मार्ने क्रम बढ्दै गएपछि प्रहरीले उक्त अबैधानिक कार्यलाई रोकथाम र नियन्त्रणका लागि पहल सुरु गरेको हो ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology