Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

भीमसेन थापा गाउँपालिकामा व्यक्तिगत घटना दर्ता अब घरैबाट


4K
Shares

भीमसेन थापा गाउँपालिकामा व्यक्तिगत घटना दर्ता अब घरैबाट

गोरखा, १९ भदौ । गोरखाको भीमसेन थापा गाउँपालिकाले पालिका भित्रका नागरिकहरुलाई व्यक्तिगत घटना दर्ता घरैबाट गर्नसक्ने गरी व्यवस्था मिलाएको छ ।

गाउँपालिकाले चालु आर्थिक बर्ष २०८०÷०८१ देखि गाउँपालिका भित्रका सवै नागरिकहरुले घरमै बसेर अनलाईन मार्फत व्यक्तिगत घटना दर्ता गर्नसक्ने व्यवस्था गरेको गाउँपालिकाका अध्यक्ष लोकप्रसाद बन्जराले जानकारी दिनुभयो । ‘जन्म, मृत्यु, बसाईसराई, विवाह, सम्बन्ध बिच्छेदका घटना अनिवार्य दर्ता गर्नुपर्ने व्यवस्था रहदै आएको छ, उहाँले भन्नुभयो, यसका लागि वडा कार्यालयमा धाएरै जानुपर्ने बाध्यता गाउँपालिकाबासीहरुको रहेको थियो, त्यसलाई अन्त्य गर्न गाउँपालिकाले अनलाईन मार्फत नै घटना दर्ता गर्न सक्ने व्यवस्था मिलाएको हो ।’

घटना दर्ताका लागि मोवाईल वा कम्युटर मार्फत विवरण अनलाइन फारम भर्न सकिनेछ । भौगोलिक हिसावले जटिल रहेको भीमसेन थापा गाउँपालिका भित्रका केही वडाहरुमा वडा कार्यालयसम्म पुग्न पनि घण्टौ हिड्नुपर्ने अबस्था रहेकाले नागरिकहरुलाई घरघरमा सेवा पु¥याउन घटना दर्ता अनलाईन माध्यमबाट गर्न सुरु गरिएको हो ।

बसाईसराई नभएका तर गाउँ छोडेर अन्यत्र बसोबास गर्दै आएका नागरिकहरुका लागि पनि यसले घटना दर्ताका लागि सहज हुने उहाँले बताउनुभयो । ‘घटना दर्ताका लागि फारम भर्न वडा कार्यालयसम्म धाउनु पर्ने वाध्यता रहदै आएको थियो, अध्यक्ष बन्जराले भन्नुभयो, ‘अवदेखि घरमा बसेर आफ्नो मोवाइलबाट घटना दर्ताको फारम भरेर सेवा लिन पाउनेछन् ।

अनलाईन मार्फत घटना दर्ताका गरेपछि सेवाग्राहीले टोकन प्राप्त गर्ने र सम्बन्धित वडा कार्यालय मार्फत घटना दर्ता प्रमाण पत्र उपलब्ध गराउने व्यवस्था गरिएको उहाँको भनाई छ । अनलाईन फारम भर्नका लागि वेबसाइट र क्युआर कोड दुवै प्रयोगमा ल्याइएको अध्यक्ष बन्जराले बताउनुभयो ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology