Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

माल्भिका सुब्बाको टिभी शो ‘जीवनसाथी’को छैटौं सिजन मंगलबारदेखि


2.7K
Shares

माल्भिका सुब्बाको टिभी शो ‘जीवनसाथी’को छैटौं सिजन मंगलबारदेखि

काठमाडौं, १८ भदौ । माल्भिका सुब्बाले होस्ट गर्ने टेलिभिजन कार्यक्रम ‘जीवनसाथी’को छैटौं सिजनको प्रसारण मंगलबारदेखि हुने भएको छ । भदौ १२ गतेदेखि प्रसारण हुने बताइएपनि प्राविधिक कारणले एकसाता ढिलाइ भएको हिमालय टिभी एचडीले जनाएको छ ।

टेलिभिजनले मंगलबारदेखि प्रसारण सुरु हुने जानकारी दिएको छ । नयाँ सिजन कूल ५२ एपिसोडको हुने जनाइएको छ । नयाँ जोडी र कथावस्तुसहित नयाँ सिजन ल्याउन लागेको माल्भिकाले बताएकी छन् ।

छैटौं सिजन हरेक मंगलबार बेलुका ८ बजे प्रसारण हुने जनाइएको छ । ‘नयाँ सिजनले दर्शकलाई नयाँ स्वाद दिने हाम्रो विश्वास छ’ छैटौं सिजनबारे माल्भिकाले भनिन्, ‘यस्ता चर्चित र उदाहरणीय जोडी जो शोमा आउन चाहुनुहुन्न उहाँहरुलाई यसपटक ल्याउँछौं । राजनीतिक र खेलाडीको जोडीलाई प्राथमिकतामा राखेका छौं । जसले समाज बदल्नुभएको छ । जसले पितृसत्तात्मक सोचलाई ब्रेक गर्नुभएको छ । त्यो जोडीलाई यहाँ प्रस्तुत गर्नेछौं ।’

२२ वर्षदेखि आफूले टेलिभिजन कार्यक्रम चलाउँदै आए पनि आफ्ना लागि ‘जीवनसाथी’ विशेष रहेको माल्भिका कथन छ । ‘जीवनसाथी’ हिमालय टेलिभिजनको चर्चित कार्यक्रममध्येमा पर्छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology