Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

ओडीआईमा १ हजार रन पूरा गर्ने तेस्रो नेपाली ब्याट्सम्यान बने कुशल भूर्तेल


1.7K
Shares

ओडीआईमा १ हजार रन पूरा गर्ने तेस्रो नेपाली ब्याट्सम्यान बने कुशल भूर्तेल

काठमाडौं,१८ भदौ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनर कुशल भुर्तेलले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट ९ओडिआई० खेलमा १ हजार रन पूरा गरेका छन् ।

श्रीलंकाको क्यान्डीस्थित पाल्केले क्रिकेट स्टेडियममा सोमबार भारतविरुद्धको जारी खेलमा कुशल १ हजार रन पूरा गरेका हुन्। कुशलले ४६ ओडिआइ खेलको ४५ इनिङस्मा हजार रन बनाएका हुन्। कुशलले आडिआइमा सर्वाधिक १ सय १५ रन प्रहार गरेका छन् ।

ओडिआईमा ६ अर्धशतक र १ शतक हानेका छन्। १०५ चौका र २१ छक्का हानेका छन् । सन् २०२१ मा ओमानमा भएको पपुवा न्यु गिनीविरुद्ध खेल्दै कुशलले आडिआईमा डेब्यु गरेका थिए । यसअघि रोहित पौडेल र आसिफ शेखले मात्र एक हजार रन पूरा गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology