Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

राजेश हमालले कृषिसम्बन्धी टेलिभिजन शो ‘र’ होस्ट गर्ने


1.8K
Shares

राजेश हमालले कृषिसम्बन्धी टेलिभिजन शो ‘र’ होस्ट गर्ने

काठमाडौं, १५ भदौ । कृषि र मनोरञ्जनमा आधारित टेलिभिजन रियालिटी शो ‘रिभोलुसनरी एग्रिकल्चर वार ‘र’को घोषणा भएको छ । आयोजित पत्रकार सम्मेलनमा टेलिभिजन कार्यक्रमको घोषणा गरियो ।

कृषि, उद्यमशिलता र जलवायु परिवर्तनका मुद्दालाई मुख्य विषयवस्तु बनाइएको कार्यक्रमलाई अभिनेता राजेश हमालले होस्ट गर्ने भएका छन् । इ(स्क्वायर प्रालिले कृषि र मनोरञ्जन विधालाई समेटेर कार्यक्रमको परिकल्पना गरिएको जनाएको छ ।

शोमा किसान र कृषि प्राविधिकले भाग लिने बताइएको छ । यो शोलाई शैलेश कँडेलले निर्देशन गर्नेछन् भने मास्टर होस्टको रुपमा अभिनेता हमाल छन् । जज्को भूमिकामा योगेन्द्रकुमार कार्की र नम्रता पाण्डे छन् ।

प्रेसमिटमा बोल्दै हमालले विकासका लागि व्यवसायिक कृषिसँगै कृषि क्रान्ति जरुरी रहेको बताए । ‘तीन दशक लामो अभिनय यात्रामा कैंयनपटक किसानको भूमिकामा देखिएको थिएँ । अब किसानको वास्तविक क्रान्तिमा सहभागी हुन पाउँदा आफुलाई ओजिलो महसुस गरेको छु’ हमालले भन्नुभयो।

उहाँले अघि भन्नुभयो , ‘यतिका समय देशका विभिन्न तहमा बसेर कृषि क्रान्तिको गफ गरेको सुनिएको थियो । अब भने यो कार्यक्रममार्फत साँच्चै नै कृषि क्रान्तिको परिभाषा परिवर्तन हुने अपेक्षा राखेको छु । यो खालको कार्यक्रमलाई राज्यको औपचारिक निकायले अपनत्व लिनुपर्छ भन्ने मलाई लागेको छ्र ।’

निर्देशक कँडेलले यो शो किसान र कृषि प्राविधिकबीचको प्रतिस्पर्धा नभएको बताउनुभयो । गेम रियालिटि शोको प्रोमो पनि सार्वजनिक गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology