Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

गोरखा–आँबुखैरेनी सडकखण्डमा पहिरो खस्यो, दुई तर्फी सडक अबरुद्ध


3.4K
Shares

गोरखा–आँबुखैरेनी सडकखण्डमा पहिरो खस्यो, दुई तर्फी सडक अबरुद्ध

गोरखा, १५ भदौ  ः  गोरखा–आँबखैरेनी सडक खण्ड पहिरोले अबरुद्ध भएको छ । गोरखा नगरपालिका–१४ को मझुवा देउराली स्थित प्रहरी चौकी नजिकैको उकालोमा आज बिहान खसेको ठूलो सुख्खा पहिरोले यातायात पूर्ण रुपमा अबरुद्ध भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख प्रहरी उपरीक्षक अनुपम श्रेष्ठले जानकारी दिनुभयो ।

सुख्खा पहिरो ठुलो भएका कारण अबरुद्व सडक खोल्न समय लाग्ने समय लाग्ने उहाँले बताउनुभयो । पहिरो कति बेला खस्यो भन्ने एकिन छैन बिहान दुई बजेतिर नै पहिरो गएको अनुमान गरिएको छ ।

पहिरो गएपछि गएराती तीन बजेदेखि नै दुईतर्फी रुपमा उक्त सडक खण्डमा सवारी साधनहरु रोकिएका छन् । पहिरोले दुई तर्फ सवारी साधन रोकिएको छ । अहिले आँबुखैरेनीबाट गोरखा आउने तर्फबाट पहिरो पन्छाउने काम सुरु भएको छ ।

ठूलो पहिरो खसेकाले गोरखा तर्फबाट पनि थप केही मेसिन पठाएर पहिरो पन्छाउने प्रयास भईरहेको प्रहरी उपरीक्षक श्रेष्ठले जानकारी दिनुभयो । पहिरोका कारण गोरखा सदरमुकाम प्रवेश गर्ने सवै सवारी साधनहरु पूर्णरुपमा ठप्प भएको छ ।

 

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology