Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

उत्तरी गोरखामा फोरजी सेवा बिस्तार गर्न सञ्चारमन्त्रीलाई आग्रह


2.6K
Shares

उत्तरी गोरखामा फोरजी सेवा बिस्तार गर्न सञ्चारमन्त्रीलाई आग्रह

गोरखा, १३ भदौ । उत्तरी गोरखामा फोरजी सेवा बिस्तार गर्न चुमनुब्री गाउँपालिकाले सञ्चारन्त्रीलाई आग्रह गरेको छ । पालिका अध्यक्ष निमा लामा सहितको टोलीले मन्त्रालयमा भेटगरी उत्तरी गोरखामा फोरजी सहितको सेवा दिने गरी टावरहरु बिस्तार गर्न आग्रह गरेको हो ।
हिमालपारीको जिल्ला भनेर समेत परिचित चुमनुब्री गाउँपालिकामा नेपाल टेलिकमले सेवा बिस्तार गरेको भएता पनि केही गाउँमा अझै पनि सञ्चार सम्पर्क नुहने गरेको भन्दै सञ्चारमन्त्रीलाई भेटेर उक्त क्षेत्रमा फोरजी सहितको अन्य सव टावरहरु निर्माण गर्न आग्रह गरिएको अध्यक्ष लामाले जानकार दिनुभयो ।

लामा अनुसार अहिले पालिकाको वडा नम्बर ६ को चुमचेत र ७ को छुलेनिले गाउँमा मोबाइल फोनको नेटवर्क नटिप्ने समस्या रहेको बताउनुभयो। ‘त्यहाँका स्थानिय बासिन्दाहरुले दुरसंचार सेवाबाट बञ्चित हुनुपरेको’ भन्दै अध्यक्ष लामाले भने ‘सोही समस्यालाई लिएर सञ्चारमन्त्रीलाई फोरजी टावर र सव टावर निर्माण गरिदिन आग्रह गर्यौ ।

भेटमा सञ्चारमन्त्री सकारात्मक देखिएको भन्दै अध्यक्ष लामाले अबको केही समय भित्रै समस्या समाधान हुनेमा आफु विश्वस्त रहेको पनि जानकारी दिनुभयो । भेटमा सञ्चारमन्त्रीले प्राविधिक खटाएर आवश्यक ब्यवस्था गर्न पनि सचिवलाई तत्कालै निर्देशन दिएको पनि अध्यक्ष लामाले बताउनुभयो ।

अध्यक्ष लामाले मन्त्री संगको भेटमा वडा नम्बर ३ को जगत गाउँमा रहेको स्काई टावर विस्थापन गरी फोरजी टावर राखिदिन गरेको आग्रह पनि मन्त्री सकारात्मक देखिएको जानकारी दिनुभयो । विश्व प्रसिद्व मनास्लु पद मार्ग र मनास्लु हिमालदेखी विश्वकै पवित्र मानिएको श्रृगी हिमाल जाने मुख्य पद मार्ग भएका कारण पनि उक्त क्षेत्रमा तत्कालै फोरजी सहितको सेवा बिस्तार गर्न आवश्यक देखिन्छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology