Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

गोरखामा अरिङ्गाल पोल्ने क्रममा रुखबाट लडेर वडासदस्यको मृत्यु


10K
Shares

गोरखामा अरिङ्गाल पोल्ने क्रममा रुखबाट लडेर वडासदस्यको मृत्यु

गोरखा, १३ भदौ :  गोरखामा अरिङ्गाल पोल्ने क्रममा रुखबाट लडेर एकजनाको मृत्यु भएको छ । जिल्लाको आरुघाट गाउँपालिका वडा नम्बर ९ का ३६ बर्षका वडासदस्य शंकर माँझीको अरिङ्गाल पोल्ने क्रममा रुखबाट लडेर मृत्यु भएको गाउँपालिकाकी उपाध्यक्ष कल्पना नेपालीले जानकारी दिनुभयो ।

मंगलबार साँझ साथीहरुसंगै अरिङ्गाल पोल्न जानु भएका माँझी अरिङ्गाल पोल्न क्रममा एक्कासी रुखबाट खसेर ढुङ्गामा बजारिएर मृत्यु भएको उहाँले बताउनुभयो । आरुघाट गाउँपालिकाको वडा नम्बर ८ स्थित लामाबगर भन्ने ठाउँमा सिमलको रुखमा अरिङ्गालको गोला पोल्ने क्रममा हाँगा भाँचिएर भुइँमा खस्नु भएको थियो ।

घाइते माँझीलाई उपचारका लागि आरुघाट प्राथामिक स्वास्थकेन्द्रमा पु¥याइएको र उपचारका क्रममा मृत्यु भएको हो । मृतक माँझी नेपाली काग्रेसबाट वडासदस्यमा निर्वाचित हुनुभएको थियो । वडासदस्य माँझीको दुःखद निधन भएकोमा गाउँपालिकाले आज पालिका भित्र शोक विदा दिएको छ ।

वडासदस्यको आकस्मिक निधन भएकाले शोक मनाउन गाउँपालिकाले शोक विदा दिएको उपाध्यक्ष नेपालीले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology